शेयर बजार ः दुई अर्ब बढीको कारोबार

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
२० पटक हेरिएको
Shares
शेयर बजार ः दुई अर्ब बढीको कारोबार

सारांश

  • काठमाडौँ, २४ भदौ ।
  • धितोपत्र बजारमा यस साता रु दुई अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ ।
  • नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल १७१ कम्पनीको ४४ लाख ९९ हजार ८१० कित्ता शेयर कारोबार भएको थियो ।

काठमाडौँ, २४ भदौ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल १७१ कम्पनीको ४४ लाख ९९ हजार ८१० कित्ता शेयर कारोबार भएको थियो ।

कारोबार रकम गत साताको भन्दा ३२ दशमलव २४ प्रतिशत कम हो । गत साता १८० कम्पनीको रु तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरका ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव शुन्य एक अंकले घटेर अन्तिम दिन एक हजार ५५४ दशमलव ५५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ५२ अंकले बढेर ३२६ दशमलव ०१ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ३१ लाख २० हजारको कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो कम्पनीको एक लाख ७५ हजार कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?