घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु

सारांश

  • रोल्पा।
  • तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ।
  • रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

रोल्पा। तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ।रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताए।

रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ। प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिए।उद्धारपछि घाइतेको उपचार गरिने प्रहरीले बताएको छ। उक्त घटनास्थल निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दशैँ तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन्। दशै तिहारकै मौसममा अघिल्लो वर्ष पनि यहाँ एकजनाको मृत्यु भएको रोल्पा नगरपालिका–३ की सरमा विष्टले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा र सम्मान हुने–मन्त्री बाँस्कोटा
नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा र सम्मान हुने–मन्त्री बाँस्कोटा
आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित, कोरोना बन्यो भयावह
आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित, कोरोना बन्यो भयावह
संसद्को हिउँदे अधिवेशन ११ पुसबाट
संसद्को हिउँदे अधिवेशन ११ पुसबाट
सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु
सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु
आज शहीद दिवस, देशभर विविध कार्यक्रम गरी मनाईँदै
आज शहीद दिवस, देशभर विविध कार्यक्रम गरी मनाईँदै
यस्ता छन् कांग्रेसबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वार (अन्तिम नामावलीसहित)
यस्ता छन् कांग्रेसबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वार (अन्तिम नामावलीसहित)
मौन अवधिमा पैसा बाँड्ने रणनीतिमा ठूला दलका शीर्ष नेताहरु, पार्टीले पैसा दिने !
मौन अवधिमा पैसा बाँड्ने रणनीतिमा ठूला दलका शीर्ष नेताहरु, पार्टीले पैसा दिने !
Nirmala rape and murder case: two police officials suspended
हत्या गरिएको अवस्थामा शव फेला
हत्या गरिएको अवस्थामा शव फेला

तपाईंले छुटाउनुभयो कि?