काेराेना प्रभावित मुलुकमा कामदारलाई पठाउन स्थगित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
५४ पटक हेरिएको
Shares
काेराेना प्रभावित मुलुकमा कामदारलाई पठाउन स्थगित

सारांश

  • काठमाडाैं।
  • सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ।
  • चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ।

काठमाडाैं। सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ।
कोभिड–१९ को सन्त्रास कम नभए सम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए। अत्यावश्यकबाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा सो संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार नपठाउन लागिएको उनले बताए।  
“सरकारले पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित मुलुक सँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ”, मन्त्री यादवले भने, “त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेकै हो।” कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने उनले जानकारी दिए।
अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको थियो। दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको छ। विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए।
 
ठूलो सङ्ख्यामा नेपाली कार्यरत विभिन्न श्रम गन्तव्य मुलुकमा कोभिड–१९ को संक्रमण देखिएको छ। दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन र ओमानमा पनि कोरोना सङ्क्रमित फेला परिसकेका छन्। कोरियामा झण्डै ४० हजार हाराहारीमा नेपाली विभिन्न काम तथा पेशामा संलग्न छन्। त्यस्तै मध्यपूर्वी मुलुकमा पनि झण्डै १० लाख नेपाली कार्यरत रहेका सरकारको तथ्याङ्क छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश
११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
विमलेन्द्र निधिसँग मत अन्तर बढाउदै राजेन्द्र महतोे
विमलेन्द्र निधिसँग मत अन्तर बढाउदै राजेन्द्र महतोे
ओली संकटमा !
शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने
शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने
भोलि बिहान पशुपति आर्यघाटमा  नेम्वाङको अन्त्येष्टी गरिने
भोलि बिहान पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टी गरिने
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुङ्गोमा पुर्याइनेछ : प्रधानमन्त्री
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुङ्गोमा पुर्याइनेछ : प्रधानमन्त्री
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी