दीपेन्द्रको १ हजार रन पूरा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २१, २०७८
|
|
४४ पटक हेरिएको
Shares
दीपेन्द्रको १ हजार रन पूरा

सारांश

  • त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ६९ रनकाे लक्ष्य दिएकाे छ ।
  • त्रिवि क्रिकेट मैदानमा आज साेमवार टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायाे ।
  • नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक नटआउट ५४ रन बनाए ।

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ६९ रनकाे लक्ष्य दिएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा आज साेमवार टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक नटआउट ५४ रन बनाए । यस्तै करण केसीले १२ बलमा नटआउट ३३ रन बनाए । त्यस्तै आशिफ खेश २९ र कुशल भुर्तेल २५ रन बनाएर आउट भए । बलिङतर्फ पीएनजीका सेमाे कमियाले तीन विकेट लिए ।

नेपालले समूह चरणमा दुई वटै खेलमा पीएनजीलाई हराएको थियो । चार खेलमा चार जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनलमा पुगेको हो । पीएनजी भने दुई अङ्कसहित नेट रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनलमा पुगेकाे हाे ।

आजकाे खेलमा ५४ रन बनाएका दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी बनेका छन् । आजकाे खेलमा सुरुवाती २१ रन बनाउँदै दीपेन्द्रले एक हजार रन पूरा गरेका हुन् ।

दीपेन्द्रपछि नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउनेमा पूर्वकप्तान पारस खड्का रहेका छन् । सात सय ९९ रन बनाएका छन् ।

(colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन रुससँग परराष्ट्रमन्त्री साउदको आग्रह
नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन रुससँग परराष्ट्रमन्त्री साउदको आग्रह
अध्ययनविनाको पानी जहाज : ओलीलाई विज्ञले दिए यस्तो चुनौति
अध्ययनविनाको पानी जहाज : ओलीलाई विज्ञले दिए यस्तो चुनौति
मुख्यमन्त्री छान्न आज निर्वाचनः अन्तिममा पाण्डे आउट
मुख्यमन्त्री छान्न आज निर्वाचनः अन्तिममा पाण्डे आउट
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
पार्टी एकताबारे सहमति नभए माओवादी सरकारमा नजाने
पार्टी एकताबारे सहमति नभए माओवादी सरकारमा नजाने
करारको नाममा ३२ हजार कर्मचारीलाई जागिर! यसरी चल्दैछ राज्यमा लुटको खेती
करारको नाममा ३२ हजार कर्मचारीलाई जागिर! यसरी चल्दैछ राज्यमा लुटको खेती
स्थानीय तह निर्वाचन २०७९ः देशभर मतदान सुरु
स्थानीय तह निर्वाचन २०७९ः देशभर मतदान सुरु
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी
सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माण तीव्र
सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माण तीव्र
दुर्गा प्रसाईद्वारा एमाले पार्टी त्यागेको घोषणा
दुर्गा प्रसाईद्वारा एमाले पार्टी त्यागेको घोषणा