नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज
सारांश
- नेपाली सेनाले खरिद गरेको सीएन२३५–२२० विमान शनिबार इन्डोनेसियाबाट नेपाल आइपुगेको छ ।
- उक्त विमान इन्डोनेसियाको सरकारी विमान कम्पनी पीटी डिरगन्तारा इन्डोनेसिया (पीटीडीआई) ले नेपाली सेनाको मागअनुसार बनाएको हो ।
- तर सेनाले विनाप्रतिस्पर्धा जहाज किनेको पाइएको छ ।
नेपाली सेनाले खरिद गरेको सीएन२३५–२२० विमान शनिबार इन्डोनेसियाबाट नेपाल आइपुगेको छ । उक्त विमान इन्डोनेसियाको सरकारी विमान कम्पनी पीटी डिरगन्तारा इन्डोनेसिया (पीटीडीआई) ले नेपाली सेनाको मागअनुसार बनाएको हो ।
तर सेनाले विनाप्रतिस्पर्धा जहाज किनेको पाइएको छ । तीन अर्ब ४६ करोड लगानी भएको यो खरिद प्रक्रिया विनाप्रतिस्पर्धा किन्नु सार्वजनिक खरिद ऐन, नियमावली र आर्थिक पारदर्शितासम्बन्धी सम्पूर्ण नीति र सिद्धान्तको उल्लंघन रहेको महालेखा परीक्षककको कार्यालयले जनाएको छ ।
यसरी विनाप्रतिस्पर्धा मिलेमतोमा जहाज खरिद सम्झौता भएको र सार्वजनिक खरिद ऐन उल्लंघन गरिएकोमा महालेखाले औँला उठाएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया