गृहमन्त्रीले अनुगमन गरेको भोलिपल्टै विमानस्थलमा सफ्टवेयर नचल्दा डामाडोल….

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
गृहमन्त्रीले अनुगमन गरेको भोलिपल्टै विमानस्थलमा सफ्टवेयर नचल्दा डामाडोल….

सारांश

  • मुलुकको एकमात्र अन्तराष्ट्रिय  विमानस्थलको  शुक्रबार बिहानबाटै इन्टरनेट नभएपछि विमानस्थलमा रहेका ११ वटा मेसिन ठप्प रहे भने सवै काम कर्मचारीहरुले हस्तलिखित गरेका थिए ।
  • सफ्टवेयर नचल्दा विदेशबाट आउने तथा जानेहरुको चेकजाँच, उनीहरुका सामानको चेकजाँच, भिसा इन्ट्री लगायतका महत्वपुर्ण काममा बाधा पुग्नुका साथै ढिलासुस्ती र अत्याधिक भिडभाड समेत भएको थियो ।
  • सफ्टवेयर नचल्दा शुक्रबार विमानस्थलबाट को आयो र को गयो भन्ने रेकर्ड समेत सिस्टमबाहिरै रहन पुगेको छ ।

मुलुकको एकमात्र अन्तराष्ट्रिय  विमानस्थलको  शुक्रबार बिहानबाटै इन्टरनेट नभएपछि विमानस्थलमा रहेका ११ वटा मेसिन ठप्प रहे भने सवै काम कर्मचारीहरुले हस्तलिखित गरेका थिए । सफ्टवेयर नचल्दा विदेशबाट आउने तथा जानेहरुको चेकजाँच, उनीहरुका सामानको चेकजाँच, भिसा इन्ट्री लगायतका महत्वपुर्ण काममा बाधा पुग्नुका साथै ढिलासुस्ती र अत्याधिक भिडभाड समेत भएको थियो ।

सफ्टवेयर नचल्दा शुक्रबार विमानस्थलबाट को आयो र को गयो भन्ने रेकर्ड समेत सिस्टमबाहिरै रहन पुगेको छ । बिहीबार मात्रै गृहमन्त्री जर्नादन शर्माले विमानस्थलको अध्यागमन विभाग लगायतका क्षेत्रको छड्के अनुगमन गरेका थिए ।

विमानस्थलमा हुने लापरवाही र कर्मचारीको बदमाशी धेरै हुने गरेको गुनासो आएपछि गृहमन्त्री शर्माले आकस्मिक अनुगमन गर्दै कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका थिए । तर, गृहमन्त्रीले अनुगमन गरेको भोलिपल्टबाटै विमानस्थलमा सिस्टम नै भद्रगोल हुने गरी सफ्टवेयर नचल्दा समेत टिआइएले त्यसको समाधान नखोजेको सेवाग्राहीले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?