गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
३९ पटक हेरिएको
Shares
गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

सारांश

  • कास्की ।
  • गण्डकी प्रदेशभर भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ ।
  • प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो ।

कास्की । गण्डकी प्रदेशभर भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो । प्रदेश राजपत्रमा विसं २०७९ मा सार्वजनिक बिदामा स्थापना दिवसको दिन समेत समावेश गरिएको हो ।

गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो । प्रदेश स्थापना दिवसबाहेक प्रदेश सरकारले भानु जयन्ती, कोजाग्रत पूर्णिमा र चैतेदसैँमा बिदा दिँदै आएको छ । गण्डकी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गर्दैछ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार वार्षिकोत्सवलाई भव्य बनाउने गरी तयारी गरिएको छ । उहाँका अनुसार बिहान ७ः३० बजे शहीदचोकस्थित शहीद स्तम्भमा माल्र्यापणको कार्यक्रम रहेको छ । त्यसपछि शहीदचोकदेखि पोखरासभागृहसम्म प्रभातफेरीको आयोजना गरिएको छ ।

पोखरा सभागृहमा वार्षिकोत्सवको मूल समारोह आयोजना गरिएको छ । समारोहमा प्रदेशका उत्कृष्ट कर्मचारीको घोषणा, विपद् व्यस्थापनमा खटिएर उत्कृष्ट काम गर्ने सुरक्षाकर्मीको सम्मान र मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताका च्याम्पियन टोलीलाई पुरस्कार प्रदान गरिने सचिव अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसाइँसराइले मासिँदै लोक संस्कृति
बसाइँसराइले मासिँदै लोक संस्कृति
पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला
पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला
दक्षिण अफ्रिकासँगको टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा
दक्षिण अफ्रिकासँगको टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा
मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु
अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु
अबदेखि टिचिङ अस्पतालमै कलेजो प्रत्यारोपण
अबदेखि टिचिङ अस्पतालमै कलेजो प्रत्यारोपण
एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव छैन्ः नेता नेपाल
एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव छैन्ः नेता नेपाल
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
रवि लामिछानेले भनेः रास्वपाकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिल्यो
रवि लामिछानेले भनेः रास्वपाकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिल्यो
प्राविधिक तहमा दरखास्तै परेन
प्राविधिक तहमा दरखास्तै परेन