प्रचण्ड पनि तत्कालै एकता हुनेमा सहमत: झलनाथ खनाल
सारांश
- काठमाडौं, १९ बैशाख ।
- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता यही बैशाखभित्रै हुने भएको छ ।
- कार्लमाक्र्सको २०० सयौं जन्मजयन्तीमा पार्टी एकता गर्ने भनिए पनि प्राविधिक र आन्तरिक कारण जनाउँदै केही दिन लम्बिन सक्ने बताईएको छ ।
काठमाडौं, १९ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता यही बैशाखभित्रै हुने भएको छ । कार्लमाक्र्सको २०० सयौं जन्मजयन्तीमा पार्टी एकता गर्ने भनिए पनि प्राविधिक र आन्तरिक कारण जनाउँदै केही दिन लम्बिन सक्ने बताईएको छ ।
एमालेका पूर्व अध्यक्ष एवं वरिष्ठ नेता झलनाथ खनालले ठ्याक्कै दुई पार्टी मिलेको दिन एकता हुने भन्दै ठट्टा गरेका छन् । उनले भने, ‘दुई दलको होमवर्क केही बाँकी छ, यो महिनाभित्र हुन्छ भन्ने मलाई विश्वास छ ।’
उनले एकताको प्रक्रियामा गइरहँदा एक वर्षको समय लागे पनि त्यसलाई तुरुन्तै अन्तर्गत नै राख्नुपर्ने बताए ।
उनले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग कुरा गर्दा सबै कुरा सहमति भइसकेको जस्तो बुझेको र प्रचण्ड पनि तत्कालै एकता हुनेमा सहमत भइसकेको पाएको बताए ।
नेता खनालले माओवादीलाई गलाएर पार्टी एकता गर्ने नभइ सम्मानजनक रुपमा गर्ने बताए ।
पद व्यवस्थापन गर्न नभइ विचार र संरचना मिलाउँदा ढिलाई भएको खनाललको भनाइ छ । उनले प्रचण्ड वा को आलोपालो केही नहुने भन्दै एउटै पार्टी भइसकेपछि के को आलोपालो भने ।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?