इंग्ल्याण्डको ऐतिहासिक एक हजारौं खेलमा शानदार जित, ह्यारी केनको ह्याट्रिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
४८ पटक हेरिएको
Shares
इंग्ल्याण्डको ऐतिहासिक एक हजारौं खेलमा शानदार जित, ह्यारी केनको ह्याट्रिक

सारांश

  • काठमाडौं ।
  • ईङ्ल्याण्ड युरोकपमा छनोट भएको छ ।
  • बिहिबार राति भएको खेलमा मोन्टेङ्ग्रोलाई ७–० गोल अन्तरले पराजित गर्दै ईङ्ल्याण्ड अर्को बर्ष हुने युरोकपका लागि छानिएको हो ।

काठमाडौं । ईङ्ल्याण्ड युरोकपमा छनोट भएको छ । बिहिबार राति भएको खेलमा मोन्टेङ्ग्रोलाई ७–० गोल अन्तरले पराजित गर्दै ईङ्ल्याण्ड अर्को बर्ष हुने युरोकपका लागि छानिएको हो ।

ईङ्ल्याण्डले आफ्नो १००० औं खेलमा महत्वपुर्ण जित्न आत्मसाथ गर्यो । समूह एको खेलमा ईङल्याण्डले घरेलु मैदान वेम्वलीमा मोन्टेङ्ग्रोमाथि प्रभावशाली जित रच्यो ।

कप्तानी ह्यारी केनले टोलीका लागि पहिलो ह्याट्रिक गरेको खेलमा ओक्सलेड चाम्बरलिन, मार्कुस रासफोर्ड र अब्राहमले एक एक गोल गरे । ईङल्याण्डले एक आत्मघाती गोल उपहार पाएको थियो ।

छनोटको खेलमा ह्याट्रिक पुरा गरेका ह्यारी ईङल्याण्डको सर्वा्धिक ५ गोलकर्ता्भित्र अटाएका छन्। चाम्बरलिनको गोलबाट ११ औ मिनेटमा ईङ्ल्याण्डले खेलमा अग्रता बनाएको थियो ।

१८ औ मिनेटमा केनले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । उनले २४ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए । रासफोर्डले ३० औ मिनेटमा टोलीका लागि चौथो गोल गरे । ३७ औ मिनेटमा केनले ह्याट्रिक पुरा गरेका थिए ।

६६ औ मिनेटमा सोफ्रनाकले आत्मघाति गोल गरेपछि ईङ्ल्याण्ड खेलमा ६–० ले अघि बढेको थियो । ८४ औ मिनेटमा अब्राहमले गोल गर्दै ईङल्याण्डलाई ७–० को जित दिलाउन सफल रहे । राष्ट्रिक टिमका लागि अब्राहमको पहिलो गोल समेत हो ।

समूह एको खेलमा ईङ्ल्याण्डले ७ खेलबाट १८ अंक जोड्यो । मोन्टेङ्ग्रो ३ अंक सहित चौथो स्थानमा रह्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?