सरकारका सय दिनमा कांग्रेसले देखायो दर्जन टिप्पणी
सारांश
- काठमाडौँ, १२ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका १ सय दिनलाई एक दर्जन विसंगति भन्दै टिप्पणी गरेको छ ।
- कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक वक्तव्यमार्फत सरकारका सय दिनलाई निरुत्साहित ढंगले टिप्पणी गर्न नचाहेको भन्दै सरकारका कमीकमजोरी औँल्याएर ऐना जस्तै देखाउनु प्रतिपक्ष दलको कर्तव्य भएको बताएका छन् ।
- प्रवक्ता शर्माले वर्तमान सरकार गठनका बेला प्रधानमन्त्रीले सांसद पदको शपथ नगरी प्रधानमन्त्री पदको शपथ गर्न मिल्दथ्यो कि मिल्दैन थियो भन्ने प्रश्न गरेका छन् ।
काठमाडौँ, १२ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका १ सय दिनलाई एक दर्जन विसंगति भन्दै टिप्पणी गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक वक्तव्यमार्फत सरकारका सय दिनलाई निरुत्साहित ढंगले टिप्पणी गर्न नचाहेको भन्दै सरकारका कमीकमजोरी औँल्याएर ऐना जस्तै देखाउनु प्रतिपक्ष दलको कर्तव्य भएको बताएका छन् ।
प्रवक्ता शर्माले वर्तमान सरकार गठनका बेला प्रधानमन्त्रीले सांसद पदको शपथ नगरी प्रधानमन्त्री पदको शपथ गर्न मिल्दथ्यो कि मिल्दैन थियो भन्ने प्रश्न गरेका छन् ।
एकातिर मुलुक संघीयतामा जाने र अर्कोतिर प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रिकृत गरिएको कार्य विसंगतिपूर्ण कदम भएको प्रवक्ता शर्माको टिप्पणी छ । सरकारले संविधान संशोधनलाई सत्ताको बार्गेनिङ गर्ने उपरकणका रुपमा प्रयोग गरेको आरोप लगाउँदै संविधान संशोधन प्रस्ताव ल्याउँछु भनेर पनि नल्याएकोलाई पनि कमजोरी मानिएको छ ।
सरकारले स्वेतपत्रमा अर्थतन्त्रका नकारात्मक पक्ष देखाएर ढुकुटी रित्तो रहेको र अर्थव्यवस्था निराशा छ भन्ने अनि त्यही अर्थतन्त्र राम्रो रहेको आधारमा नीति तथा कार्यक्रममा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राख्नु दोहोरो चरित्र भएको कांग्रेसको टिप्पणी छ ।
सरकार गठनका सय दिनसम्म पनि न्यायालयलाई नेतृत्वविहीन अवस्थामा राखेको र प्रधानन्यायाधीशको नियुक्त गर्ने टुंगो लगाउन नसक्नु न्यायालयमाथिको अन्याय भएको कांग्रेसको टिप्पणी छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सरकारले प्रदर्शन गरेको चरित्रले यसअघिका राष्ट्रवादका अभिव्यक्तिलाई खण्डित गरेको प्रवक्ता शर्माको आरोप छ ।
कर्मचारी प्रशासनको मनोबल गिराउने भूमिका निर्वाह भएको पनि कांग्रेसले सरकारको कमजोरीका रुपमा लिएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा नीति राम्रो भए पनि कार्यक्रम नभएको कांग्रेसको टिप्पणी छ ।
Mukunda Silwal
कांग्रेस कराउने बेला सत्ता पा बेलामा मात्तिने मात्र काम गर्दैन न त
JN Marasini
यो मुला काङ्ग्रेसले आफू सरकार मा छदा के गरेको थियो र अहिले आरोप लगाउछ ?