टि–१० लिगमा पारसको खेल आज सन्दिपको भोलि, दुवै नेपालीका कप्तान दाह्रीवाला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
३४ पटक हेरिएको
Shares
टि–१० लिगमा पारसको खेल आज सन्दिपको भोलि, दुवै नेपालीका कप्तान दाह्रीवाला

सारांश

  • काठमाडौं।
  • युएइको अबुधाबीमा आजदेखि टि–१० लिग सुरु हुँदैछ ।
  • १० ओभरको सबैभन्दा छोटो फरम्याटको यो खेलमा २ नेपाली खेलाडी अनुबन्धित छन् ।

काठमाडौं। युएइको अबुधाबीमा आजदेखि टि–१० लिग सुरु हुँदैछ । १० ओभरको सबैभन्दा छोटो फरम्याटको यो खेलमा २ नेपाली खेलाडी अनुबन्धित छन् । नेपाली टिमका पूर्वकप्तान पारस खड्का टिम अबु धाबीमा आबद्ध छन् भने स्टार बलर सन्दिप लामिछाने कर्नाटका तस्कर्समा अनुबन्धित छन् ।आज पहिलो दिन ३ खेल हुँदैछन् । यीमध्ये एउटा खेलमा पारस खड्का आबद्ध टिम अबु धाबी खेल्नेछ ।

लिगको पहिलो खेल आज नेपाली समयअनुसार सवा ६ बजे मराठा अरेबियन्स र नर्दर्न वारियर्सबीच हुँदैछ । आजको दोस्रो खेल नेपाली समयअनुसार साढे ८ बजे दिल्ली बुल्स र डेकन ग्लाडिएटर्सबीच हुनेछ । तेस्रो खेल टिम अबुधाबी र कलन्दर्सबीच पौने ११ बजे हुनेछ । सन्दिप लामिछाने आबद्ध कर्नाटका तस्कर्सको पहिलो खेल भने भोलि नेपाली समय साढे ८ बजे दिल्ली बुल्ससँग हुनेछ ।

कुल ८ टोलि सहभागी रहने प्रतियोगिता आजदेखि २४ सम्म अबुधाबीमा संचालन हुनेछ। सहभागी ८ टिमलाई दुइ समुहमा बिभाजन गरेर राउण्ड रोबिन लिग खेलाइनेछ जसपछि सुपर लिग खेलाइनेछ। सुपर लिगमा समूह चरणको अंक समेत जोडिनेछन्। सुपर लिगमा पहिलो देखि चौथो नम्बरमा हुने टिम बीच प्ले–अफ खेल संचालन हुनेछ।पारस खड्काको टिम अबुधाबीमा इंग्ल्याण्डका क्रिकेटर मोइन अली कप्तान छन् । टिममा पारससँगै लुक राइट, निरोशन डिकवेला, कोरे एण्डरसन, रोहन मुस्तफा, ह्यारी गुर्ने, लेविस ग्रेगोरी, रिचार्ड ग्लेसन, बेन लग्लिन, हेडन वाल्स, एलेक्स डेभिस, रमिज शहजाद छन् ।

सन्दिप लामिछाने आबद्ध कर्नाटका तस्कर्समा दक्षिण अफ्रिकी क्रिकेटर हाशिम अमला कप्तान छन् । टिममा सन्दिपसँगै इविन लेविस, प्याट ब्राउन, केस्रिक विलियम्स, जोन्सन चार्लस, रोस ह्वाइटली, मिलिन्दा पुष्पकुमारा, सपुर जादरान, शफिकुल्लाह शफिक, नथान रिमिंग्टन, मार्लोन सामुएल्स, उपुल थरंगा, असद पठान, अहमद राजा, असिफ मुमताज छन् । रोचक त के भने दुवै नेपाली खेलाडीका कप्तान लामो दाह्री पाल्ने खेलाडीहरु परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?