रुसी सेना युक्रेनको किभबाट पछि हट्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २०, २०७८
|
|
३९ पटक हेरिएको
Shares
रुसी सेना युक्रेनको किभबाट पछि हट्दै

सारांश

  • युक्रेनले राजधानी कीभको सम्पूर्ण क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण आएको दावी गरेको छ ।
  • रुसी सेना राजधानी कीभको महत्वपूर्ण नाकाहरुबाट पछि हटेको युक्रेनको भनाई छ ।
  • कीभ नजिकको एउटा विमानस्थल पनि रुसी सेनाले छाडेका छन् ।

युक्रेनले राजधानी कीभको सम्पूर्ण क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण आएको दावी गरेको छ । रुसी सेना राजधानी कीभको महत्वपूर्ण नाकाहरुबाट पछि हटेको युक्रेनको भनाई छ ।

कीभ नजिकको एउटा विमानस्थल पनि रुसी सेनाले छाडेका छन् । गत २४ फेब्रअरी देखि सुरु भएको युद्धका बीच राजधानी कीभ वरपरको सम्पुर्ण क्षेत्र फिर्ता भइसकेको युक्रेनले जनाएको हो । यी दुई राष्ट्रबीचको युद्धका कारण हालसम्म ४० लाख युक्रेनीहरु शरणार्थीको रुपमा पलायन भइसकेका छन् ।

उता, युक्रेनको बुचा शहरमा सर्वसाधारणका थप बेबारिसे शवहरु फेला परेका छन् । समाचार संकलनका क्रममा पुगेका ए.एफ.पी.का एक जना पत्रकारका अनुसार कम्तिमा २० वटा शव फुटपाथमा छरिएको अवस्थामा देखिएको हो ।

यसैबीच, बुचा शहरका मेयर अनातोली फेडोरुकले रुसी सेनाको आक्रमणमा उनीहरुको मृत्यु भएका पुष्टि गर्नुभएको छ । सोही शहरमा पछिल्लो समय २ सय ८० वटा शवको सामुहिक अन्त्यष्टि गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?