बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा
सारांश
- काठमाडौं।
- बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौंको चन्द्रगिरि हिल्समा अवलोकन भ्रमण गरेका छन्।
- भ्रमण दलमा रहनुभएका बङ्लादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्लादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिहरुलगायत २७ जनाले अवलोकन भ्रमण गर्नुभएको हो।
काठमाडौं। बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौंको चन्द्रगिरि हिल्समा अवलोकन भ्रमण गरेका छन्। भ्रमण दलमा रहनुभएका बङ्लादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्लादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिहरुलगायत २७ जनाले अवलोकन भ्रमण गर्नुभएको हो।
उनीहरुलाई चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए।भ्रमण दलका सदस्यले चन्द्रगिरि हिल्सको केबलकारमार्फत हिल्समा पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गरेका थिए। अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा जानकारी गराएका थिए।
भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रगिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बङ्लादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे। चन्द्रागिरि हिल्सको अवलोकन भ्रमणका लागि बङ्लादेशका राष्ट्रपति हामिद चन्द्रागिरि जाने पूर्वनिर्धारित कार्यक्रम भने अन्तिम समयमा विशेष कारणले रद्द भएको थियो।
प्रतिक्रिया