‘संसारको कुनै तागतले नेकपालाई हराउन सक्दैन’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३, २०७६
|
|
४१ पटक हेरिएको
Shares
‘संसारको कुनै तागतले नेकपालाई हराउन सक्दैन’

सारांश

  • पोखरा।
  • नेकपाको बलियो पकड वडाका रुपमा चिनिने पोखरा १७ का मतदाताहरुले उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई भव्य स्वागत गरेका छन् ।
  • सोमबार विहानै दोविल्लाबाट घरदैलो अभियान सुरु गरेकी विद्यालाई स्वागत गरेका हुन् ।

पोखरा। नेकपाको बलियो पकड वडाका रुपमा चिनिने पोखरा १७ का मतदाताहरुले उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई भव्य स्वागत गरेका छन् । सोमबार विहानै दोविल्लाबाट घरदैलो अभियान सुरु गरेकी विद्यालाई स्वागत गरेका हुन् ।

घरदैलो सुरु हुनुअघि दोविल्लामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा कास्की अध्यक्ष एवं वडा नं १७ का चुनावी कमाण्डर कृष्ण थापाले संसारको कुनैपनि तागतले कास्की २ को निर्वाचनमा नेकपालाई हराउन नसक्ने विश्वास व्यक्त गरे । आफ्नो ठाउँमा पराजित भएका व्यक्तिहरु कास्कीमा आएर नेकपा विरुद्ध बोल्नु लाजमर्दो विषय भएको भन्दै अध्यक्ष थापाले अत्यधिक बहुमत सहित विद्याको जीत सुुनिश्चित भएकोे बताए ।

सो अवसरमा बोल्दै उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखरा १७ पर्यटकीय र धार्मिक हिसावले उत्कृष्ठ रहेको भन्दै उक्त वडा सहित समग्र पोखरामा आवस्यक विकासको जिम्मा आँफूले लिने उद्घोष गरिन् । “यहाँ थुप्रै पर्यटकीय स्थलहरु छन् त्यसको विकासका लागि म जिम्मेवार भएर अघि बढ्छु ” उनले भनिन् ।

कार्यक्रमा नेकपाको पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेलले वडामा रहेका ८० प्रतिशत मत नेकपाको सूर्य चिन्हमै आउने दावी गरे । दोविल्ला हुँदै सीतापाईलास्थित समृद्धि टोल, महतगौँडा, रातोपैह«ा, घारीपाटन लगायतका क्षेत्रमा सोमबार नै घरदैलो कार्यक्रम भईरहेको छ ।

यता पोखराको कृष्ति नाच्नेचौरमा भविष्यनिर्माण बुथको कार्यालय उद्घाटन गरिएको छ । सोमबार आयोजित कार्यक्रममा यूवा नेता झपट रानाभाट र श्रीराम सुवेदीले संयुक्तरुपमा कार्यालय उद्घाटन गरेका हुन् । भगवान रामचन्द्रको अयोध्याजस्तै नेकपाको लालकिल्ला भएको ठाउँमा बुथ कार्यालय स्थापना गरिएको रानाभाटले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिटक्वाइनको मुल्य ओरालो लागे पछि लगानीकर्ता त्रसित
बिटक्वाइनको मुल्य ओरालो लागे पछि लगानीकर्ता त्रसित
सत्तालाई आतंकित पार्दै कवि विनोदविक्रम
सत्तालाई आतंकित पार्दै कवि विनोदविक्रम
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
प्रधानमन्त्रीको निर्देशन: विश्वविद्यालयले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नु
प्रधानमन्त्रीको निर्देशन: विश्वविद्यालयले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नु
जेलबाट भागेका कैदीले राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेपछि…
जेलबाट भागेका कैदीले राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेपछि…
कालो बादल देखेपछि हावाहुरीपीडित तर्सिन्छन्
कालो बादल देखेपछि हावाहुरीपीडित तर्सिन्छन्
सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?
सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
जुत्ता-चप्पलको राष्ट्रिय प्रदर्शनी पुस १३ देखि
जुत्ता-चप्पलको राष्ट्रिय प्रदर्शनी पुस १३ देखि
आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता
आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता