राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान

सारांश

  • काठमाडौं,असार २८ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाडी किन्नको लागि साझा पार्टी निर्माण अभियान बुटवलले पैसा संकलन अभियान थालेको छ ।
  • राष्ट्रपतिलाई १६ करोडको गाडी किन्न उसले १ नागरिक १ रुपैयाँ संकलन अभियान सुरु गरेको हो ।
  • ‘सरकार राज्यको ढुकुटी बाढी र भूकम्पपीडितलाई पठाउ’ भन्ने मुल नाराका साथ उसले रकम संकलन अभियान थालेको हो ।

काठमाडौं,असार २८ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाडी किन्नको लागि साझा पार्टी निर्माण अभियान बुटवलले पैसा संकलन अभियान थालेको छ । राष्ट्रपतिलाई १६ करोडको गाडी किन्न उसले १ नागरिक १ रुपैयाँ संकलन अभियान सुरु गरेको हो ।

‘सरकार राज्यको ढुकुटी बाढी र भूकम्पपीडितलाई पठाउ’ भन्ने मुल नाराका साथ उसले रकम संकलन अभियान थालेको हो । ‘देशका युवाहरु खाडिमा, राष्ट्रप्रमुख करोडौँको गाडीमा’ लेखिएका प्ले कार्डहरु बोकेर साझा पार्टीले राष्ट्रपतिको गाडीको लागि १ नागरिक १ रुपैयाँ संकलन अभियान संचालन गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?