पानी जहाज ओझेलमा, मिनी पानी जहाजको परीक्षण सम्पन्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ७, २०७६
|
|
५३ पटक हेरिएको
Shares
पानी जहाज ओझेलमा, मिनी पानी जहाजको परीक्षण सम्पन्न

सारांश

  • चितवन ।
  • ठूला नदीमा पानी जहाज चलाउने प्रधानमन्त्री केपी ओलीको सपना सबै नेपालीको सपना हो ।
  • यो सपना कहिले पूरा हुन्छ थाहा छैन, तर मिनि पानी जहाज अर्थात क्रुज सिप भने चल्ने भएको छ ।

चितवन । ठूला नदीमा पानी जहाज चलाउने प्रधानमन्त्री केपी ओलीको सपना सबै नेपालीको सपना हो । यो सपना कहिले पूरा हुन्छ थाहा छैन, तर मिनि पानी जहाज अर्थात क्रुज सिप भने चल्ने भएको छ । नारायणी नदीमा चलाउनका लागि क्रुज सिप तयार भएको छ । सिपको परीक्षण सफल भएको छ ।

नेपालले पर्यटन वर्ष २०२०मा पर्यटकलाई आर्कषण बनाउने प्रयास गरिरहेको छ । पर्यटन वर्षको पूर्वसन्ध्यामा रहँदा भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा परिक्षण गरिएको हो । फरक र नेपालमा पहिलोपटक आइतबार भरपुर महानगरपालिकामा क्रुज सिप मिनी पानीजहाजको दिउँसो करिब तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को परीक्षण गरिएको थियो । ’क्रुज सिपमा हाल १५ जना चालक दलका सदस्य र प्राविधिक हाल विदेशी हुनेछन् । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ गरिएको थियो ।

उतm क्रुज निर्माण राइनो वाटर इन्टरटेन्मेन्ट प्रा लि र ग्राडुअर मरिन इन्टरनेशनलले गरेको थियो । पहिलाको भन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन परिवर्तन गर्दा एक करोड लागत र १० टन वजन थपिएको छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गत वर्ष चैतबाट थालिएको थियो ।

निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ । क्रुजमा दुई वटा इञ्जिन छन् । दुवै इञ्जिन एकैपटक चल्दैनन् । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ । नर्वे्जियन प्रविधि प्रयोग गरेर निर्माणाधीन क्रुज सिपमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् ।

क्रुजलाई दिनमा तीन सिफ्ट सञ्चालन गर्ने योजना गरिएको छ । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ । यहाँ बैठक पनि गर्न सकिन्छ । दोस्रो तलाको एक छेउमा विशिष्ट व्यक्तिका १० सिट छुट्याइएको छ ।

क्रुजको दुई तलामा सिसा राख्न बाँकी छ । महिला र पुरुषका लागि अलगअलग शौचालय, काउन्टर र बार बनाउने काम अन्तिम चरणमा छ । लाइट राख्ने काम भैरहेको छ भने चालक बस्ने ककपिट तयार भइसकेको छ । क्रुजसिप र रिसोर्ट सञ्चालनका ज्ञानेश्वर सामुदायिक बनले डेढ विगाहा जग्गा २० वर्षका लागि भाडामा दिएको छ ।
प्रधानमन्त्री केपी ओलीले समुद्रमा नेपालकै पानी जहाज चलाउने सपना बाँडेका थिए । केही ठूला नदिमा पनि पानी जहाज संचालन गर्ने घोषणा पनि गर्नुभएको थियो । घोषणालाई साकार पार्न सरकारले पानी जहाज कार्यालय स्थापना पनि गर्यो । तर त्यो कार्यालय अहिले अलपत्र जस्तै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने
कारका शौखिन अभिताभ बच्चनसँग छन् यस्ता ११ वटा कार
कारका शौखिन अभिताभ बच्चनसँग छन् यस्ता ११ वटा कार
सहायक जिशिअलाई कार्यकक्षमै नासुले चप्पलले गालामा पिटे
सहायक जिशिअलाई कार्यकक्षमै नासुले चप्पलले गालामा पिटे
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
हिरासतमै पुगेर मानव अधिकारकर्मीले भेटे विप्लवका कार्यकर्ता
हिरासतमै पुगेर मानव अधिकारकर्मीले भेटे विप्लवका कार्यकर्ता
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
रक्सौल–परवानीपुर प्रसारण लाइनः उद्योगी उत्साहित
रक्सौल–परवानीपुर प्रसारण लाइनः उद्योगी उत्साहित
वैकल्पिक विधि छनोटमा अलमल
वैकल्पिक विधि छनोटमा अलमल
विवेकशील साझाले थप ५ ठाउँ उम्मेदवारी दिने, कहाँबाट को ?
विवेकशील साझाले थप ५ ठाउँ उम्मेदवारी दिने, कहाँबाट को ?