‘टेष्ट राइड’ गर्छु भनेर बाइक नै चोरेर भाग्नेसँग सावधान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १२, २०७६
|
|
५३ पटक हेरिएको
Shares
‘टेष्ट राइड’ गर्छु भनेर बाइक नै चोरेर भाग्नेसँग सावधान

सारांश

  • कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ ।
  • व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन् ।
  • होस पु¥याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ ।

कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन् । होस पु¥याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ ।

काठमाडौँमा यसैगरी टेष्ट राइड गर्दा मोटरसाइकल नै गायब भएको छ । मोटरसाइकल धनी मिलन सुब्बाले रु ६ लाख ५० हजार पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार डटकममा राखे । त्यो देखेपछि काभ्रेका अञ्जन बराल खोज्दैखोज्दै सुकेधारा पुगे । बरालले किन्नु अगाडि ‘टेष्ट राइड’ गर्ने भनेपछि सुब्बाले सहजै हुन्छ भने । टेष्ट राइडमा गएको व्यक्ति निकै समय नआएपछि उहाँलाई मोटरसाइकल चोरी भएको आशङ्का भयो र तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौँमा खबर गरे ।

प्रहरीले मोटरसाइकल खोजी जारी राखेकै बेला आइतबार जनता बैंकका एक खातावालाको नक्कली हस्ताक्षर गरेर चेकमार्फत झण्डै रु २० लाख चोरी भएको सूचना आएपछि त्यसको अनुसन्धानमा प्रहरी खटियो । पैसा चोरी गर्नेलाई पक्राउ गर्ने क्रममा उक्त मोटरसाइकल फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताउँछन् । बैंकमा लुटपाट गर्ने र मोटरसाइकल चोरीमा अञ्जन सक्रिय देखिएको उनले बताए । उसले यसअघि पनि टेष्टराइडकै नाममा पटक–पटक मोटरसाइकल चोरी गरेको फेला परेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस्ता घटना बेला–बेलामा देखिएको र नयाँ मोटरसाइकल हराउने गरेको जनाएको छ । बुधबारमात्रै भेटिएका १७ मोटरसाइकलमा केही नयाँ मोटरसाइकलसमेत थियो । महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेलले साउनदेखि अहिलेसम्म ११८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
२३ नगर र ७७ गाउँपालिका जितेसँगै एमालेले पुर्‍यायो शतक :एमालेले जितेका नगर/गाउँपालिकाको सूची सहित
२३ नगर र ७७ गाउँपालिका जितेसँगै एमालेले पुर्‍यायो शतक :एमालेले जितेका नगर/गाउँपालिकाको सूची सहित
काँग्रेसको लोकप्रियता देख्न नसकेर दुष्प्रचारमा लाग्योः माधव नेपाल
काँग्रेसको लोकप्रियता देख्न नसकेर दुष्प्रचारमा लाग्योः माधव नेपाल
ओलीको गृहजिल्लामा एमालेको रामकहानी
ओलीको गृहजिल्लामा एमालेको रामकहानी
लालबाबु राउतलाई विदेश जान राेक्ने सरकारले विद्यासुन्दर शाक्य विदेश जाँदा  किन देखेन ?
लालबाबु राउतलाई विदेश जान राेक्ने सरकारले विद्यासुन्दर शाक्य विदेश जाँदा किन देखेन ?
बलिउड अभिनेत्रीको ठूलो खुलासा
बलिउड अभिनेत्रीको ठूलो खुलासा
बारामा हावा हुरीका कारण झण्डै दुई दर्जनको मृत्यु
बारामा हावा हुरीका कारण झण्डै दुई दर्जनको मृत्यु
विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने
विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल