जनकपुरमा  माेदीकाे ४ अर्बकाे ‘सरप्रार्इज’ सम्भावना !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
१२
|
४८ पटक हेरिएको
Shares
जनकपुरमा  माेदीकाे ४ अर्बकाे ‘सरप्रार्इज’ सम्भावना !

सारांश

  • जनकपुरधाम, २० वैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा वैशाख २८ गते जनकपुर आउँने कार्यक्रम रहेको छ ।
  • उनको स्वागतको लागि जनकपुरमा तयारी गरिएको छ ।

जनकपुरधाम, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा वैशाख २८ गते जनकपुर आउँने कार्यक्रम रहेको छ । उनको स्वागतको लागि जनकपुरमा तयारी गरिएको छ ।

जनकपुर भ्रमणका क्रममा मोदीले उक्त क्षेत्रको पूर्वाधार विकासमा विशेष प्याकेज घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।

मोदीले भ्रमणका क्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले तयार गरेको ४ अर्ब रकमको परियोजना घोषणा गर्नसक्ने सम्भावना उच्च रहेको बताइएको छ ।

परिषद्का प्राबिधिक इन्जिनियर बिमलेश साहका अनुसार जनकपुरको विकासका लागि बृहत्तर जनकपुरले तयार पारेको योजना भ्रमणका क्रममा मोदीबाट स्वीकृत हुने सम्भावना प्रबल छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पूरीसँग जनकपुर विकास परिषद् अध्यक्ष शालिग्राम सिंहले भेट्दा पुरीले परियोजना तयार गरेर पेश गर्न आग्रह गरेका थिए । पुरीले नै पेश गर्न आग्रह गरेका कारण परिषद्ले पेश गरेको योजना मोदी भ्रमणका क्रममा स्वीकृत हुनेमा परिषद् पदाधिकारी आशावादी छन् लोकान्तरमा खवर छ ।‘त्यसकै स्वीकृतिका लागि पहल गर्न हाम्रो अध्यक्ष सिंह बिगत केही दिनदेखि भारतको हरिद्वार पुग्नु भएको छ’इन्जिनियर साहले  भने,‘ भारतीय राजदूत पुरीलेसमेत आश्वासन दिएकाले उक्त परियोजना घोषणा हुन सक्ने सम्भावना छ ।’

पुरीले जनकपुर क्षेत्र विकास परिषद्ले तयार गरेको योजना दूतावास मार्फत भारतीय प्रधामन्त्रीकहाँ पुर्‍याएका छन् ।

के छ परियोजनामा ?

मिथिला परिक्रमा हुने मार्गमा धनुषा र महोत्तरीको प्रत्येक पडाव स्थलहरूमा कुल १७ करोड ४३ लाखको लागतमा सुबिधा सम्पन्न अत्याधुनिक धर्मशाला निर्माण गरिने योजना रहेको साहले बताए ।

उक्त परिक्रमाका दौरान धनुषाको जनकपुर, धनुषाधाम, सतोषर ,औरही र पर्बत्ता तथा महोत्तरीको मटिहानी,मडई, जलेश्वर,ध्रुबकुण्ड र कंचनबन गरी कुल ११ वटा स्थलहरू(पडाव) छन् भने भारतको समेत ४ वटा पडाव स्थलहरू पर्दछन् ।

परिक्रमा स्थलमा आधुनिक धर्मशाला

बृहत्तर जनकपुरले तयार गरेको परियोजना अनुसार प्रत्येक पडावमा निर्माण गरिने धर्मशालामा ४४ वटा कोठाहरू, प्रत्येक कोठामा अटयाच्ड बाथरूम, दुई वटा म्युजियम, २ वटा मीटिंग हल ,२ वटा खुल्ला हल, ४ वटा भर्यांग, बाहिर कमन १६ वटा बाथरूम, बीचमा एउटा मन्दिर निर्माण गरिने छ । ३१ हजार २ सय १० बर्ग फिट क्षेत्रफलमा निर्माण हुने उक्त धर्मशालाको नाम रामजानकी धर्मशाला राखिने छ । भुई र पहिलो तलको निर्माण हुने धर्मशालाको कुल लागत २ सय करोड नेपाली रुपियाँ अनुमान सहितको अनुमान र डिजाईन पेश गरिएको छ ।

अयोध्यादेखि जनकपुरसम्म ६ लेनको सडक

भारतको अयोध्यादेखि जनकपुरधामसम्म सडक जोड्ने योजनासमेत उक्त प्रतिवेदनमा पेश गरिएको छ । भारतको अयोध्यादेखि सीतामढी–भिठामोड्देखि जलेश्वरहुँदै जनकपुरसम्म ६ लेनको सडक निर्माण गरिने प्रस्ताव गरिएको छ । यसका अतिरिक्त भारतको सीतामढीमा एउटा भव्य जानकी मन्दिर निर्माण गरिने योजना समेत प्रस्तुत गरिएको बृहत्तर जनकपुरका प्राबिधिक साहले लोकान्तरलाई बताए ।

जनकपुरका सागरहरू जोडिने

जनकपुरको जानकी मन्दिरलाई केन्द्रबिन्दु मानेर जानकी मदिर वरपर रहेका बिभिन्न ५ वटा सागरहरु जोड्ने योजना समेत परियोजनामा समाबेश गरिएको छ । जनकपुरका गङ्गा सागर, धनुष सागर, तेलहा , मडाहा, अंगराजसरलाई जोडेर जल बिहार गर्ने योजना समेत समाबेश गरिएको उनले जानकारी दिए ।

जनकपुरमा धार्मिक भ्रमणका साथसाथै करिब डेढ किलोमिटर जलबिहार गर्नका लागि लाखौं ष्र्यटक जकपुर भित्र्याउन सकिने छ । यसरी कुल ४ सय करोडमा तीन वटा अलग अलग योजना सहितको परियोजना भारतीय राजदूतलाई यसअघि नै दिइसकिएको छ । अब मोदीले उक्त प्रस्ताव अनुसार नै सहायता घोषणा गर्न सक्ने आकलन गरिएको छ ।

 

प्रतिक्रिया

12 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє☀ уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Rk Paul Tmg

    Modi kutta ko kura biswas garnu vaneko afai pagal bannu ho

    Comment Author

    Bikash Rajbhandari

    magne nai vayou

    Comment Author

    Bomjan Bomjan

    Rip

    Comment Author

    Ganesh Shakya

    मोदि मोदि मोदि । कोहो मोदि?

    Comment Author

    Nischl Sarbuja Mogoll

    Jhuto bolira xa modi sala

    Comment Author

    Mongol Gunjan

    कुत्ता मोदी

    Comment Author

    Prem Pun

    नेपालकाे जमिन भारतले मिचि सक्यो। जति जाेगि अाएपनि कानै चिरिएको,

    Comment Author

    Thapachhabiraj Thapa

    Back of modi

    Comment Author

    उत्तम घिमिरे

    गत भ्रमणकाे १ खर्व राई राख्या छ ।

    Comment Author

    Uttam Mahat

    Modi taysai nepal ghumana ayauani wala hoyena Bina sawartha. Jarura dalama kucha kala hai

    Comment Author

    Daiba Kishor Giri

    घोसना भएपनी कामहुदैन !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 12
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?