१३ औं सागः सोनीले जिताइन नेपाललाई दोस्रो स्वर्ण

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
१८ पटक हेरिएको
Shares
१३ औं सागः सोनीले जिताइन नेपाललाई दोस्रो स्वर्ण

सारांश

  • १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ ।
  • यो नेपालको दोस्रो स्वर्णपदक हो ।
  • सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो ।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन ।

ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ । भारतीय खेलाडी प्रग्न्या मोहनले रजत पदक हात पारिन् भने सरोजानी देवीले काहय पदक हात पारिन् ।

पहिलो स्वर्ण नेपालले सोमबार नै काठमाडौंमा भएको कराँते प्रतियोगिताको पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले पाकिस्तानी खेलाडी नियमातुलिहलाई पराजित गर्दै दिलाएका थिए ।

सोमबार नै भएको ट्रयाथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले कास्य पदकमा चित्त बुझाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?