तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
२८ पटक हेरिएको
Shares
तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

सारांश

  • काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद ९साग०अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पार्नुभएको छ ।
  • सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्नुभएको हो ।
  • यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।

काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद ९साग०अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पार्नुभएको छ । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्नुभएको हो । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।

आयशाले जितिन् स्वर्ण

सागअन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जित्नुभएको छ । आयशाले ७।९४० स्कोर जोड्दै स्वर्ण पदक जित्नुभएको हो । सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो हुनुभयो भने श्रीलङ्काका खेलाडीले कास्य पदकमा चित्त बुझाउनुभएको छ । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?