प्रधानमन्त्री निवास फिर्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्री निवास फिर्ता

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज प्रधानमन्त्री निवास बालुवाटार फिर्ता हुनुभएको छ ।
  • उहाँ यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना हुनुभएको थियो ।
  • “सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज हुनुभयो”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज प्रधानमन्त्री निवास बालुवाटार फिर्ता हुनुभएको छ । उहाँ यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना हुनुभएको थियो ।
“सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज हुनुभयो”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो ।
प्रधानमन्त्री ओलीको उपचारमा उहाँका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमी, प्रत्यारोपण विशेषज्ञ प्रा डा रमेशसिंह भण्डारी, केन्द्रका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठलगायतको चिकित्सकको समूह संलग्न थियो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सेन्टरमा जानुभई आजै प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?