गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’

सारांश

  • काठमाडौँ, ४ साउन ।
  •   पछिल्लो समय काठमाडौँमा गुण्डागर्दी तथा आतंक फैलाउँदै आएका नाइकेदेखि टोले गुण्डाहरुको लागि कालो दिन नै बन्यो।
  • राजधानीका अधिकांश गुण्डा नाइके प्रहरीको हिरासतमा पुगे।

काठमाडौँ, ४ साउन ।  पछिल्लो समय काठमाडौँमा गुण्डागर्दी तथा आतंक फैलाउँदै आएका नाइकेदेखि टोले गुण्डाहरुको लागि कालो दिन नै बन्यो। राजधानीका अधिकांश गुण्डा नाइके प्रहरीको हिरासतमा पुगे। आर्थिक वर्षको अन्तिम ६ महिनामा मात्र चलेका गुण्डा नाइकेदेखि टोले गुण्डा गरेर १६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ।

राजधानीको गौशालाबाट फागुन ३० गते राति प्रहरीले गुण्डा नाइके गणेश लामा पक्राउ गरेको थियो। लामालाई ६ राउन्ड गोली र पेस्तोलसहित नियन्त्रणमा लिएको हो। हातहतियार तथा खरखजना मुद्दामा काठमाडौँ जिल्ला अदालतले लामालाई पुर्पक्षको लागी थुनामा पठाउन आदेश दिएको थियो। लामा अहिले डिल्लीबजार सदरखोरमा छन्। असार २ गते मनोज खत्री र कुमार श्रेष्ठलाई पक्राउ गरेको थियो। उनीहरूले ठमेल, ज्याठा लगायतका क्षेत्रमा सञ्चालित होटेल, रेस्टुरेन्टमा व्यवसायीहरूलाई डर त्रास देखाएर रकम असुल्दै हिँडेको प्रहरीको भनाइ छ। उनीहरु भने धरौटी बुझाएर छुटिसकेका छन्।

गत जेठ ३० गते  नियन्त्रणमा लिएको  काभ्रे देउराली ८ घर भएका देवकुमार थापा र धादिङ घर भएका कमल गुरुङ पनि प्रहरी नियन्त्रणमा छन्। उनीहरुको साथबाट प्रहरीले रिवल्भर र एक थान खुकुरी समेत बरामद गरेको थियो। उनीहरु दुबै जनालाई जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। गत असार २० गते ठमेल, दरबारमार्ग लयायतका क्षेत्रमा गुण्डागर्दी गर्दै आएका सपन भनिने विमल तुङगेली मगर पनि पक्राउ परे। परिसर टेकुले गुण्डागर्दी गरेको आरोपमा मगरलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको केही समयमा नै उनी अदालतको आदेशमा धरौटीमा छुटिसकेका छन्।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल धरौटीमा छुटेका गुण्डाहरुको प्रहरी निगरानी भने भइरहने दाबी गर्छन्।उनीहरु मात्र होइन केही साताअघि गंगबुमा गुण्डागर्दी गर्दै आएका सुरेश डंगोलसहित अन्य ४ जना पनि धरौटीमा छुटेका छन्। गत असार २८ गते बिहान बालुवाटारबाट गुण्डागर्दीमा सामेल भएको भन्दै प्रहरीले पक्राउ गरेका सत्यमान तामाङ १२ घण्टा नबित्दै छुटेका थिए।

गुण्डागर्दीमा सामेल भए पनि प्रहरीले पक्राउ गरेपछि राजनीतिक दलले गुण्डालाई छुटाउन पहल गर्दा गुण्डागर्दी गर्नेको मनोबल बढ्दै जाने एक प्रहरी अधिकृत बताउँछन्। उनी भन्छन्, ‘अधिकांश गुण्डाहरुको संरक्षण राजनीतिक दलका नेताहरूबाट नै हुने गरेको छ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mee Loon Miles

    Natek

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखा क्षेत्र नं २ : माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता
गोरखा क्षेत्र नं २ : माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता
First hunting season begins at Dhorpatan Hunting Reserve
First hunting season begins at Dhorpatan Hunting Reserve
टिफरको ठक्करबाट वालिकाको मृत्यू भएपछि ६ वटा टिफरमा आगजनी
टिफरको ठक्करबाट वालिकाको मृत्यू भएपछि ६ वटा टिफरमा आगजनी
विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा
विदेशी नाम चलेका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना प्रहरीको फन्दामा
मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ
मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ
साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि इन्धनको मूल्य बढ्ने चिन्ता
साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि इन्धनको मूल्य बढ्ने चिन्ता
हात्ती आक्रमणबाट वृद्ध गम्भीर घाइते
हात्ती आक्रमणबाट वृद्ध गम्भीर घाइते
जेसुकै विरोध आए पनि सरकार सामना गर्न तयार : प्रम ओली
जेसुकै विरोध आए पनि सरकार सामना गर्न तयार : प्रम ओली
होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..
होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक