आक्रोशित मेस्सीले खाए रेडकार्ड
सारांश
- अति नै तनावपूर्ण बनेको खेलमा अर्जेन्टिना चिलेलाई पराजित गरेको छ ।
- यसअघिका दुई संस्करणका फाइनलिस्ट यसपटक ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको प्लेअफमा शनिबार राति प्रतिस्पर्धा गरेका हुन् ।
- अर्जेन्टिना आयोजक ब्राजिल तथा साबिक विजेता चिले पेरुसँग सेमिफाइनलमा पराजित भएका हुन्।
अति नै तनावपूर्ण बनेको खेलमा अर्जेन्टिना चिलेलाई पराजित गरेको छ । यसअघिका दुई संस्करणका फाइनलिस्ट यसपटक ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको प्लेअफमा शनिबार राति प्रतिस्पर्धा गरेका हुन् । अर्जेन्टिना आयोजक ब्राजिल तथा साबिक विजेता चिले पेरुसँग सेमिफाइनलमा पराजित भएका हुन्।
दुई टिमबिच तेस्रो स्थानका लागि भएको खेलमा दुवै टिम पहिलो हाफमै १० खेलाडीमा सीमित भए । खेलमा अर्जे्न्टिना २–१ ले विजयी भयो । तर अर्जे्न्टिनाले उसका कप्तान लियोनल मेस्सीलाई गुमाउनु र्पयो, रातो कार्डका कारण । अर्जेन्टिनाका लागि १२ औँ मिनेटमा सर्जियो अग्युरो र २२ औँ मिनेटमा पाउलो डिबालाले गोल गरेका हुन् ।
चिलेका लागि अटुरो भिडालले ५९ औँ मिनेटमा पाएको पेनाल्टीमा एक गोल फर्काए । अर्जे्न्टिनाले गएका दुई संस्करणमा बेहोरेको हारको केही मात्रै भए पनि बदला लियो जितसहित । तर यो खेल अर्जे्न्टिनाको जित भन्दा पनि कप्तान मेस्सीले पाएको रातो कार्डका कारण स्मरण हुनेछ । अति तनावपूर्ण देखिएको खेलमा मेस्सीले ३७ औँ मिनेटमा सीधै रातो कार्ड पाए ।
यस्तै चिलेका ग्यारी मेडेलले पनि सोही घटनामा सीधै रातो कार्ड पाए । मेस्सीले क्लब प्रतिस्पर्धामा अहिलेसम्म रातो कार्ड पाएका छैनन् । उनका लागि रातो कार्ड निकै दुर्लभ हो । मेस्सीले सिनियर खेल जीवनमा पाएको यो दोस्रो रातो कार्ड हो । उनले १४ वर्षअघि अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा डेब्यु गरेका बेला रातो कार्ड पाएका थिए ।
दुवै टिमका खेलाडी शारीरिक प्रतिस्पर्धामा उत्रिएपछि तवनाको अवस्था सिर्जना भएको हो । पहिलो हाफको खेल सकिन ८ मिनेट बाँकी हुँदा मेस्सीले चिलेका मेडेललाई कुहिनाले धक्का दिएपछि तनावको अवस्था सिजर्ना भयो । मेस्सी र मेडेल दुवैले बलका लागि प्रतिस्पर्धा गरिरहेका थिए, सोही क्रममा मेस्सीले मेडेललाई कुहिनाले धक्का दिएका हुन् ।
मेडेलले त्यसको जवाफ आक्रोशित रुपमा दिए । उनले आफ्नो अनुहार मेस्सीको अनुहारमा जुधाए । रेफ्री आउनु पूर्व दुई खेलाडीबिच भनाभन भयो । मेस्सीले पहिले कुहिनाले धक्का दिए पनि त्यसपछिको मेडेलको व्यवहारप्रति आक्रोशित रुपमा जवाफ नदिएको रिप्लेमा देखिएको खेल पण्डितले बताएका छन् ।
मेस्सी र मेडेल दुवैलाई रेफ्रीले रातो कार्ड देखाए । दुवै खेलाडी बाहिरिएपछि खेल सुचारु भयो । चिलेको टिमका बलिया खेलाडी एलेक्स सान्चेज चोटका कारण खेलको सुरुमै बाहिरिन बाध्य भए । उनले १७ मिनेट मैदानमा बिताएका थिए । कोपा अमेरिका फुटबलको फाइनलमा सोमबार बिहान ब्राजिलले पेरुको सामना गर्नेछ ।
प्रतिक्रिया