आज मौद्रिक नीति ल्याउँदै केन्द्रीय बैंक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७९
|
|
५५ पटक हेरिएको
Shares
आज मौद्रिक नीति ल्याउँदै केन्द्रीय बैंक

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।
  • बिहीबार प्रधानमन्त्रीलाई मौद्रिक नीतिका सम्बन्धमा ब्रिफिङ गरिसकेको र अहिले बिहान बस्ने बोर्ड बैठकले मौद्रिक नीति ल्याउने कि रोक्ने भन्ने निर्णय गर्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टले बताए ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ । बिहीबार प्रधानमन्त्रीलाई मौद्रिक नीतिका सम्बन्धमा ब्रिफिङ गरिसकेको र अहिले बिहान बस्ने बोर्ड बैठकले मौद्रिक नीति ल्याउने कि रोक्ने भन्ने निर्णय गर्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार मौद्रिक नीतिको ब्रिफिङ गरेका थिए। बिहीबार साँझ प्रधानमन्त्रीसमक्ष मौद्रिक नीतिको ब्रिफ गरेका कारण अब नीति ल्याउन शुक्रबार बिहान सञ्चालक समितिको बैठक बोलाएको राष्ट्र बैंकले जनाएको छ।

बुधबार र बिहीबार बिहान मौद्रिक नीतिबारे गभर्नरले बिफ्र गर्ने तयारी गरिए पनि प्रधानमन्त्रीको समय अभावका कारण बिहीबार साँझ मात्र ब्रिफिङ गरिएको थियो। जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थ मन्त्रालयको जिम्मा लिएका कारण सिधै प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको हो।

आर्थिक अनुसन्धान विभागले अन्य विभागसँग छलफल गरी तयार पारेको मस्यौदाउपर छलफल सकेर ड्राफ्ट तयार पार्ने र सो ड्राफ्ट राष्ट्र बैकको बोर्ड बैठकमा छलफल हुने बताइएको छ।

बोर्ड बैठकले स्वीकृत गरेपछि गभर्नरले आगामी वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था छ । तर, बोर्ड बैंठकमा सहमति नजुटे पुनः अर्को पटक बैठक बस्दै जान्छन् । राष्ट्र बैकका अनुसार बोर्ड बैठकमा एक पटकमा सहमति नभए दोस्रो, तेस्रो बैठक बस्दै जान्छ, विगतमा तीनचार पटकसम्म पनि बोर्ड बैठक बस्ने परम्परा रहेको छ । स्वीकृत नभएसम्म छलफल भइरहन्छ । बोर्ड बैठकले बिहान स्वीकृत गरेमा शुक्रबार बेलुका मौद्रिक नीति सार्वजनिक गर्ने योजनामा राष्ट्र बैंक रहेको छ ।

(

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदान सकिएको ११ दिनपछि मात्र मतगणना , कहाँ राखिन्छ मतपेटिका र अब के-के गरिन्छ?
मतदान सकिएको ११ दिनपछि मात्र मतगणना , कहाँ राखिन्छ मतपेटिका र अब के-के गरिन्छ?
पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
बुधबार ८८५ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार ८८५ जनामा कोरोना संक्रमण पुष्टि
एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत
एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत
रवि लामिछानेज्यू, अब सिधा कुरा जनतासँग होइन भूतसँग ?
रवि लामिछानेज्यू, अब सिधा कुरा जनतासँग होइन भूतसँग ?
अबको प्रधानमन्त्री ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड
अबको प्रधानमन्त्री ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड
निगमको पैसामा जापान जान खोज्दै खरेल
निगमको पैसामा जापान जान खोज्दै खरेल
धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री गरुङ
धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री गरुङ
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
राष्ट्रिय सभाबाट कारागार विधेयक सर्वसहमत पारित