सनसिटी अपार्टमेन्टमा भेटिएका २ जनामा कोरोना पुष्टि, एकको रिपोर्ट आउन बाँकी
सारांश
- काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
- एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालय स्रोतले पुष्टि गरेको छ।
- अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालय स्रोतले पुष्टि गरेको छ। अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
सनसिटीमा बस्दै आएका तीनजनामा र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएपछि थप पुष्टिका लागि उनीहरुको नमूना राष्ट्रिय प्रयोगशाला टेकु लगिएको थियो। दुईजनाको रिपोर्ट पोजेटिभ आएको र एकजनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया