डिस्को जाँदा कारवाहीमा परेका ४ फुटबल खेलाडीलाई अर्को झट्का

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
डिस्को जाँदा कारवाहीमा परेका ४ फुटबल खेलाडीलाई अर्को झट्का

सारांश

  • विश्वकप छनोटको बन्द प्रशिक्षणमा रहेका बेला घर जाने भन्दै विदा मागेर आधारातमा डिस्को पुग्ने ४ फुटबल खेलाडीमाथि संकट झनै बढेको छ ।
  • डिस्कोमा भेटिएसँगै उनीहरुलाई राष्ट्रिय टिमबाट निलम्बन गरिएको थियो ।
  • निलम्बनमा परेपछि उनीहरुले कुवेतविरुद्ध भुटानमा भएको विश्वकप छनोट र घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलमा खेल्न पाएनन् ।

विश्वकप छनोटको बन्द प्रशिक्षणमा रहेका बेला घर जाने भन्दै विदा मागेर आधारातमा डिस्को पुग्ने ४ फुटबल खेलाडीमाथि संकट झनै बढेको छ । डिस्कोमा भेटिएसँगै उनीहरुलाई राष्ट्रिय टिमबाट निलम्बन गरिएको थियो । निलम्बनमा परेपछि उनीहरुले कुवेतविरुद्ध भुटानमा भएको विश्वकप छनोट र घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलमा खेल्न पाएनन् ।

नेपालको फुटबल टिमले सागमा स्वर्ण पदक जित्यो । स्वर्ण पदक जित्ने खेलाडीलाई आजै नागरिक अभिनन्दनसहित उपत्यकाका तीनै जिल्ला परिक्रमा गराइँदैछ । आज एकतिर खेलाडीको सम्मान हुँदैछ भने अर्को्तिर शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने क्लवहरुले आफ्ना खेलाडीको सूची सार्वजनिक गरिरहेका छन् । यसरी लिगका खेलाडीको सूची सार्वजनिक भइरहँदा डिस्को जाने जारैजना खेलाडीको नाम आएन । अखिल नेपाल फुटबल संघ एन्फाले नै उनीहरुलाई लिग खेल्न समेत प्रतिबन्ध लगाएकोले यस्तो भएको हो । साढे ६ करोड लगानीको यो ठूलो ए डिभिजन लिग भोलिदेखि सुरु हुँदैछ ।

विश्वकप छनोट र १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका विमल घर्तीमगर, अन्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई ठमेलको डान्सबारमा भेटेपछि एन्फाले निलम्बन गरी कारवाही प्रक्रिया सुरु गरेको थियो । डान्सबार गएर झगडा गरेको खुलेपछि यी खेलाडीलाई एन्फाले तत्काल बर्खास्त गरेको थियो । विश्वकप छनोटसँगै साग फुटबल खेल्न नपाएका यी खेलाडीले लिगपनि गुमाउने भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?