यातायात क्षेत्रमा हडताल गर्नेको विवरण संकलन हुँदै !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
३३ पटक हेरिएको
Shares
यातायात क्षेत्रमा हडताल गर्नेको विवरण संकलन हुँदै !

सारांश

  • काठमाडौं, २१ वैशाख ।
  •   गाडी चालकले  शुक्रवार (आज) आफ्नो इच्छा अनुसारको रुटमा गाडी चलाउन पाउने भएका छन् ।
  • सिण्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले गाडी नचलाएपछि सरकारले क्यू फ्रीको निर्णय गरेको हो ।

काठमाडौं, २१ वैशाख ।  गाडी चालकले  शुक्रवार (आज) आफ्नो इच्छा अनुसारको रुटमा गाडी चलाउन पाउने भएका छन् ।

सिण्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले गाडी नचलाएपछि सरकारले क्यू फ्रीको निर्णय गरेको हो ।

सिण्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरूले शुक्रवार (आज) गाडी चलाएका छैनन् । तोकिएभन्दा बढी भाडा नलिइ गाडी चलाउन सकिने यातायात व्यवस्था विभागले जनाएको छ ।

सिण्डिकेटको विपक्षमा रहेका व्यवसायीले सरकारलाई साथ दिएका छन् । काठमाडौंमा साझा, मयूर, महानगर लगायत कम्पनीका बस नियमित रुपमा सञ्चालनमा छन् ।

गाडी नचलाउने व्यवसायीलाई सरकारले कार्वाही गर्ने जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार अत्यावश्यक सेवामा हडताल गर्ने गाडीको विवरण संकलन भैरहेको छ ।

विवरण संकलन भएपछि पहिलो दिनमै रुट खारेज गरिने विभागको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारसम्बन्धी गुनासा सम्बोधन कल सेन्टरबाट
वैदेशिक रोजगारसम्बन्धी गुनासा सम्बोधन कल सेन्टरबाट
३२ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान शुरु : कहाँ-कहाँ हुँदैछ निर्वाचन ?
३२ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान शुरु : कहाँ-कहाँ हुँदैछ निर्वाचन ?
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए
देउवाको सानो मन्त्रिपरिषद् , को–को बन्दैछन् मन्त्री ? (नामसहित)
देउवाको सानो मन्त्रिपरिषद् , को–को बन्दैछन् मन्त्री ? (नामसहित)
भीमगिठेमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, अरु पनि पुरिएको आशंका
भीमगिठेमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, अरु पनि पुरिएको आशंका
संघीय निजामती सेवा विद्येयक सच्याउन माग, आजबाट आन्दोलनका कार्यक्रम सुरु
संघीय निजामती सेवा विद्येयक सच्याउन माग, आजबाट आन्दोलनका कार्यक्रम सुरु
विद्युत् महसुल परिवर्तनको तयारी, दस युनिटसम्म निःशुल्क गरिने
विद्युत् महसुल परिवर्तनको तयारी, दस युनिटसम्म निःशुल्क गरिने
महाराजगंजको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत
महाराजगंजको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने

तपाईंले छुटाउनुभयो कि?