दुई कलाकारको निधन स् प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाउनुभएको छ ।
- प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको छ, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ ।
- उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको छ, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया