आईजीपीका दाबेदारहरुलाई बालुवाटार प्रवेशमा रोक

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
आईजीपीका दाबेदारहरुलाई बालुवाटार प्रवेशमा रोक

सारांश

  • काठमाडौं, १८ चैत्र ।
  • नेपाल प्रहरीको नयाँ आईजीपीको लागि दौडधुप सुरु भएको छ ।
  • यही चैत्र २९ गतेदेखि प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालसहित १५ जना एआईजीले ३० वर्षे सेवाअवधिका कारण अवकास पाउँदैछन् ।

काठमाडौं, १८ चैत्र । नेपाल प्रहरीको नयाँ आईजीपीको लागि दौडधुप सुरु भएको छ । यही चैत्र २९ गतेदेखि प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालसहित १५ जना एआईजीले ३० वर्षे सेवाअवधिका कारण अवकास पाउँदैछन् । आईजीपी अर्यालको अवकाशसँगै नयाँ आईजीपीको लागि दौडधुप सुरु भएको छ ।

नेपाल प्रहरीको नेतृत्वको लागि यतिवेला मैदानमा तीन जना डिआईजी छन् । डिआईजीहरु खर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की लगायतका डिआईजीहरु नेतृत्वको लागि मैदानमा छन् । आईजीपीका क्यान्डिेटहरु यतिवेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रयासरत छन् । तर, प्रधानमन्त्री ओलीले भने उनीहरुलाई बालुवाटार प्रवेशको लागि ढोकामै रोक लगाएका छन ।

विभिन्न शक्ति केन्द्रहरुमार्फत उनीहरुले प्रधानमन्त्री ओलीलाई भेट्न प्रयास गरेपनि अहिलेसम्म त्यो प्रयास सफल हुन सकेको छैन् । उच्च स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आफूले सही, सक्षम र सवल व्यक्तिलाई नै आईजीपी बनाउने भन्दै आफूलाई भेट्न नआउन सन्देश दिएका छन् ।

आईजीपी दौडमा खनाल, खरेल र काकीसँगै डिआईजीहरु क्रमशः पवन प्रसाद खरेल, उत्तम कार्की, मनोज न्यौपाने, छविलाल जोशी नेतृत्व लिने दौडमा छन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Om Prakash Rana

    Ramesh kharel

    Comment Author

    Sunil Suni Bhardawaj

    Ramesh kharel

    Comment Author

    Hari Dhungel

    Ramesh kharel

    Comment Author

    Pasang Sherpa

    Ramesh kharel

    Comment Author

    Ang Tshiring Sherpa

    Ramesh Kharel

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?