कुखुराको मासु र परिकार बिक्री केन्द्र स्थापना हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
कुखुराको मासु र परिकार बिक्री केन्द्र स्थापना हुने

सारांश

  •   अब कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री केन्द्रबाट गरिने भएको छ ।
  • बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक केन्द्र मार्फत विक्री वितरण गर्न लागिएको हो ।
  • नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिको पहलमा पहिलो चरणमा चितवनमा मासु प्रशोधन र बिक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।

अब कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री केन्द्रबाट गरिने भएको छ । बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक केन्द्र मार्फत विक्री वितरण गर्न लागिएको हो ।
नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिको पहलमा पहिलो चरणमा चितवनमा मासु प्रशोधन र बिक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । सङ्घले ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानबहादुर बिसुरालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी काम अगाडि बढाइएको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ह्याचरीका सञ्चालक, कृषक, कुखुरा व्यवसायीलगायत सदस्य रहेको सहकारी स्थापना गरी सोही सहकारीमार्फत केन्द्र स्थापना गर्न लागिएको हो । जिल्लामा १० कट्ठा जग्गा खरीद वा भाडामा लिएर मासु प्रसोधन केन्द्र स्थापना गरिने छ । सोही स्थानमा ठूलो चिस्यान केन्द्र तयार गरिने छ ।
यससँगै भरतपुर र रत्ननगर क्षेत्रमा तयारी मासु र सोहीबाट बन्ने परिकारको बिक्री केन्द्र सञ्चालन गर्न लागिएको पोख्रेलले जानकारी दिनुभयो । “यसको प्रभाव हेरेर देशैभर सहकारीमार्फत बिक्री केन्द्र स्थापना गरिने छ ।”उहाँले भन्नुभयो ।
समितिले सहकारी दर्ता र मासु प्रशोधन केन्द्रका लागि जग्गा खोज्ने काम गरिरहेको जनाएको छ । सहकारीमार्फत खोलिने केन्द्रबाट न्यूनतम नाफा राखेर सस्तो र गुणस्तरीय मासु एवं परिकार उपभोक्तालाई दिने जनाइएको छ ।
हाल कृषकले जिउँदो कुखुराको मूल्य कम पाएको भए पनि उपभोक्ताले खरीद गर्दा महँगो मूल्य तिर्न बाध्य हुनुपरेको छ । ह्याचरी उद्योगी, ब्रोइलर पाल्ने कृषक र उपभोक्ता सधैँ मर्कामा परेको एवं व्यवसाय धराशायी हुँदै गएपछि आफ्नै प्रशोधन र बिक्री केन्द्र खोल्न ह्याचरी उद्योगी र कृषक अघि बढेका हुन् ।
चल्लाको लागत मूल्य पाउन नसके पछि देशैभरका ह्याचरी उद्योगले आइतबारबाट दश दिनसम्म चल्ला उत्पादन बन्द गरेका छन् । हाल चल्लाको बजार मूल्य रु ३० रहेको छ । यसको लागत मूल्य रु ५५ पर्ने व्यवसायी बताउँछन् ।

(Felbatol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवालाई चीन भ्रमणको राष्ट्रपति सीले दिए निम्तो !
देउवालाई चीन भ्रमणको राष्ट्रपति सीले दिए निम्तो !
यी ४० नेता किन लागे ओली र प्रचण्ड विरुद्ध ?
यी ४० नेता किन लागे ओली र प्रचण्ड विरुद्ध ?
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : सेनाको विस्फोटक पदार्थ नलिइने
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : सेनाको विस्फोटक पदार्थ नलिइने
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही विप्लव समूहको अपहरणमा
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही विप्लव समूहको अपहरणमा
हप्तामा शनिबार र आइतबार सार्वजनिक विदा, जेठ १ देखि लागू हुने
हप्तामा शनिबार र आइतबार सार्वजनिक विदा, जेठ १ देखि लागू हुने
‘भूत आतंक’ फैलाउनेलाई कारबाही शुरु, प्रहरी फन्दामा को-को ?
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
ओलीमाथि चौतर्फी घेराबन्दी, सत्ताबाट हटाउने यस्तो छ ग्रान्डडिजाइन
ओलीमाथि चौतर्फी घेराबन्दी, सत्ताबाट हटाउने यस्तो छ ग्रान्डडिजाइन
पहिलो प्रधानमन्त्री हुँदा गरिएका ओलीका निर्णय कहाँ पुगे?
पहिलो प्रधानमन्त्री हुँदा गरिएका ओलीका निर्णय कहाँ पुगे?
डिसहोमको प्रवन्ध सन्चालकमा आचार्य, सिम टिभी पनि डिसहोमले किन्यो
डिसहोमको प्रवन्ध सन्चालकमा आचार्य, सिम टिभी पनि डिसहोमले किन्यो

तपाईंले छुटाउनुभयो कि?