हप्तामा शनिबार र आइतबार सार्वजनिक विदा, जेठ १ देखि लागू हुने
सारांश
- काठमाडौँ ।
- सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
- यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ ।
काठमाडौँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
कार्यालय समय १ घण्टा बढेको छ । अब कार्यालय समय बिनाग साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।[image: Public_Holiday-800×445.jpg]
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया