देउवालाई चीन भ्रमणको राष्ट्रपति सीले दिए निम्तो !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
देउवालाई चीन भ्रमणको राष्ट्रपति सीले दिए निम्तो !

सारांश

  • काठमाडौं, २६ असोज ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिएका छन् ।
  • शनिबार साँझ सोल्टी होटलमा देउवासँग भएको भेटका क्रममा सीले नेपाल र चीन धेरै पहिलादेखि नै मैत्रीपूर्ण छिमेकी, असल दाजुभाइ र साथी भएको र भविष्यमा स्थायी र मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने बताएको देउवाले ट्विटरमार्फत जनाएका छन् ।

काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिएका छन् । शनिबार साँझ सोल्टी होटलमा देउवासँग भएको भेटका क्रममा सीले नेपाल र चीन धेरै पहिलादेखि नै मैत्रीपूर्ण छिमेकी, असल दाजुभाइ र साथी भएको र भविष्यमा स्थायी र मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने बताएको देउवाले ट्विटरमार्फत जनाएका छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले उल्लेख गरेअनुसार चिनियाँ राष्ट्रपति सीले नेपाली कांग्रेस पार्टी र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्धमा नेपाली कांग्रेसले सरकार चलाउँदा पुर्‍याएको योगदानलाई चिनियाँ जनताले कहिल्यै नबिर्सने पनि बताएका छन्। उनले नेपाली कांग्रेससँगको थप सम्बन्ध र सहकार्यका लागि चिनियाँ कम्युनिष्ट पार्टी इच्छुक रहेको पनि देउवासँगको भेटका क्रममा उल्लेख गरेका छन्।

भेटका क्रममा सभापति देउवाले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनको नेपाल भ्रमण भएको सम्झना गरेका थिए। देउवाले नेपालको सार्वभौमसत्ताको रक्षा र विकासका लागि चीनले गरेको दीर्घकालीन सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए। उनले नेपाल एक चीन नीतिप्रतिको सधैँ प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा कहिल्यै पनि चीन गतिविधि गर्न नदिने बताएका थिए।देउवाले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्सबाट यो क्षेत्रको सम्बन्ध सञ्जाललाई बढाउने आशा पनि व्यक्त गरे। उनले चिनियाँ कम्युनिष्ट पार्टीसँगको मैत्रीपूर्ण अन्तरक्रिया थप विकास गर्न आफू तयार रहेको पनि बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भण्डारी र केसीलाई मन्त्री बनाउने माओवादी केन्द्रको निर्णय
भण्डारी र केसीलाई मन्त्री बनाउने माओवादी केन्द्रको निर्णय
कपास उद्योगमा आगलागी
कपास उद्योगमा आगलागी
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
रणबीर कपुरले भने, ‘अल्छी छु, बुवा बनेपछि थप अल्छी हुनेछु’
रणबीर कपुरले भने, ‘अल्छी छु, बुवा बनेपछि थप अल्छी हुनेछु’
प्रधानमन्त्री कार्यालयबाटै हेलचक्र्याइँ !
प्रधानमन्त्री कार्यालयबाटै हेलचक्र्याइँ !
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
मनमोहन मेडिकल कलेज र विएण्डसी अस्पताल अब के हुन्छ ? यस्तो छ सम्झौता
मनमोहन मेडिकल कलेज र विएण्डसी अस्पताल अब के हुन्छ ? यस्तो छ सम्झौता
दिल्ली विधानसभामा दुई तिहाइ सिटमा आम आदमी पार्टी अगाडि
दिल्ली विधानसभामा दुई तिहाइ सिटमा आम आदमी पार्टी अगाडि
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत