नमोबुद्धमा इँटा उत्पादन बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
२७ पटक हेरिएको
Shares
नमोबुद्धमा इँटा उत्पादन बन्द

सारांश

  • उच्च अदालत पाटन, ललितपुरको आदेश अवज्ञा गर्दै इँटा उत्पादन तथा बिक्री वितरण थालेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित रहेको सत्यनारायण ब्रिक इण्डष्ट्रिज प्रालिले नगरपालिका कार्यालयको आदेश मानेको छ ।
  • उच्च अदालतको नमोबुद्धमा रहेका आठ इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न गरेको जारी अन्तरिम आदेशको अवज्ञा गर्दै उक्त प्रालिले मङ्सिर पहिलो सातादेखि इँटा उत्पादन तथा मौज्दात बिक्री वितरण गर्दै आएको थियो ।
  • अदालतको आदेश अवज्ञाविरुद्ध इँटा उत्पादन तथा मौज्दात बिक्री वितरण गर्न थालेपछि नगर कार्यालयले अदालत जाने जनाएपछि प्रालिले उत्पादन एवं बिक्री वितरण बन्द गरेको नमोबुद्ध नपा–२ का वडाध्यक्ष एवं नगरका प्रवक्ता सञ्जीव ढकालले बताउनुभयो ।

उच्च अदालत पाटन, ललितपुरको आदेश अवज्ञा गर्दै इँटा उत्पादन तथा बिक्री वितरण थालेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित रहेको सत्यनारायण ब्रिक इण्डष्ट्रिज प्रालिले नगरपालिका कार्यालयको आदेश मानेको छ ।

उच्च अदालतको नमोबुद्धमा रहेका आठ इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न गरेको जारी अन्तरिम आदेशको अवज्ञा गर्दै उक्त प्रालिले मङ्सिर पहिलो सातादेखि इँटा उत्पादन तथा मौज्दात बिक्री वितरण गर्दै आएको थियो । अदालतको आदेश अवज्ञाविरुद्ध इँटा उत्पादन तथा मौज्दात बिक्री वितरण गर्न थालेपछि नगर कार्यालयले अदालत जाने जनाएपछि प्रालिले उत्पादन एवं बिक्री वितरण बन्द गरेको नमोबुद्ध नपा–२ का वडाध्यक्ष एवं नगरका प्रवक्ता सञ्जीव ढकालले बताउनुभयो ।

ढकालले भन्नुभयो, “हाम्रो मौखिक आदेशमै त्यस उद्योगले अहिले इँटा उत्पादन तथा मौज्दात बिक्री वितरण रोकेपछि हामी अदालत गएनौँ ।” उहाँका अनुसार उद्योगले आधा कामदारलाई बिदासमेत गरेको छ । “भकुण्डेका अन्य उद्योगले इँटा उत्पादन एवं मौज्दात बिक्री गरेको पाइए उद्योगद्वारा अदालतको आदेश अवज्ञाविरुद्ध नगर कार्यालय पुनःअदालतमा जाने तयारीमै छ”, ढकालले भन्नुभयो ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतले गत कात्तिक अन्तिमसाता “नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात इँटा बिक्री नगर्न” गरेको फैसलाविरुद्ध उच्च अदालत पाटन गएका नमोबुद्धका इँटा व्यवसायीको मुद्दामा यही मङ्सिर ८ गते न्यायाधीश श्रीमणकुमार गौतमको एकल इजलासले पेसी तोक्दै पक्षलाई इँटा उद्योगको नवीकरण नगर्न, कर लगाउने तथा उद्योग सञ्चालन गर्नेलगायतको कुनै पनि कार्य नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

नगर कार्यालयले ‘सम्झौताबमोजिम क्षतिपूर्ति भराइपाऊँ’ भनी जिल्ला अदालतमा दर्ता जाहेरीमा न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले नमोबुद्धका इँटा उद्योगलाई नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात इँटासमेत बिक्री वितरण नगर्न आदेश जारी गरेको हो ।

गत वर्ष पुस २७ गते जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच २०७६ असार मसान्तभित्र नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउन आठ बुँदे सहमति भएको थियो । सहमति कार्यान्वयन नभएपछि नगर कार्यालयले गत भदौ ८ गते वडा नं २ र ३ मा सञ्चालन हुँदै आएका आठ इँटा उद्योगको भट्टाचिम्नी भत्काएको थियो ।

सहमतिमा उल्लेखितबमोजिम नपाले व्यवसायीसँग भट्टाचिम्नी भत्काउँदाको लागत खर्च ‘सम्झौताबमोजिम क्षतिपूर्ति भराइपाऊँ’ भनी अदालतमार्फत माग गर्दै आएको छ । सम्झौतापत्रमा करारबमोजिम र उल्लेखित नभएका विषय प्रचलित मुलुकी देवानी ९संहिता० ऐन, २०७४ र प्रचलित नेपाल कानूनबमोजिम हुने उल्लेख गरिएको थियो । जिल्लामा रहेका २० मध्ये नमोबुद्धमा आठ इँटा उद्योग सञ्चालन हुँदै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुन्छ’
‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुन्छ’
ट्रम्पको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस नभएको पुष्टि
ट्रम्पको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस नभएको पुष्टि
नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ: मन्त्री उपेन्द्र यादव
नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ: मन्त्री उपेन्द्र यादव
” शिखर न्युजको बाढी पीडित राहत संकलनअभियान “
” शिखर न्युजको बाढी पीडित राहत संकलनअभियान “
फ्रान्समा सरकारविरुद्ध चर्कियो आन्दोलन
फ्रान्समा सरकारविरुद्ध चर्कियो आन्दोलन
सत्र जना पक्राउ !
सत्र जना पक्राउ !
गुठी विधेयक फिर्ता भए पनि आन्दोलन किन फिर्ता भएन ?
गुठी विधेयक फिर्ता भए पनि आन्दोलन किन फिर्ता भएन ?
बागमती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने
स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल
स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

तपाईंले छुटाउनुभयो कि?