फ्रान्समा सरकारविरुद्ध चर्कियो आन्दोलन
सारांश
- काठमाडौं, २३ मंसिर ।
- पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा फ्रान्समा आन्दोलन चर्कंदै गएको छ ।
- राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारीबीच पेरिसमा झडप समेत भएको छ ।
काठमाडौं, २३ मंसिर । पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा फ्रान्समा आन्दोलन चर्कंदै गएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारीबीच पेरिसमा झडप समेत भएको छ ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र टियर ग्यास प्रहार गरेको छ । देशभर चर्किंदै गएको प्रदर्शनका क्रममा प्रहरीले करिब १ हजारलाई नियन्त्रणमा लिएको छ । पछिल्लो समय पेरिसमा भएको प्रदर्शनका क्रममा तीन जना प्रहरी अधिकृतसहित कम्तिमा १ सय २६ जना घाइते भएका छन् ।
पहेंलो जर्सी लगाएर प्रदर्शनमा उत्रिएकाहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका छन् । उनले विवाद समाधान गर्न सरकार तयार रहेको भन्दै प्रदर्शनकारीहरुलाई संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
प्रतिक्रिया