सत्र जना पक्राउ !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
सत्र जना पक्राउ !

सारांश

  • काठमाडौं, १३ असोज ।
  • तास खेलिरहेको अवस्थामा प्रहरीले विभिन्न स्थानबाट सत्र जनालाई पक्राउ गरेको छ ।
  • टोखा नगरपालिका १० सामाखुसीस्थित बल बहादुर भट्टचनको विशाल मल्टी स्पोट्स फुटसलको पहिलो तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं, १३ असोज । तास खेलिरहेको अवस्थामा प्रहरीले विभिन्न स्थानबाट सत्र जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका १० सामाखुसीस्थित बल बहादुर भट्टचनको विशाल मल्टी स्पोट्स फुटसलको पहिलो तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने नुवाकोटका हाल स्वयम्भू बस्ने शिव गुरुङ लगायत १० जनालाई ११ असोजको साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय रुपैयाँ र १२ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।यस्तै , काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलस्थित टहराबाट जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने काली शेर्पा लगायत सात जनालाई ११ असोजको साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ६ सय १५ रुपैयाँ र तीन बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?