कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०८०
|
|
२८ पटक हेरिएको
Shares
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

सारांश

  • काठमाडौं।
  • कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन्।
  • सत्तारुढ गठबन्धनवाट बिद्रोही गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन्।

काठमाडौं। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन्। सत्तारुढ गठबन्धनवाट बिद्रोही गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन्।

गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए। उनै नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन्। जसका लागि आज अपरान्ह प्रदेश सभामा बैठक आब्हान गरिएको छ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि बिश्वासको मत लिन लागेका हुन्। कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।

उनलाई एमाले, उनको पार्टी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?