उपसभामुखको राजीनामा गराएर दुवै पदमा निर्वाचन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ६, २०७६
|
|
२९ पटक हेरिएको
Shares
उपसभामुखको राजीनामा गराएर दुवै पदमा निर्वाचन

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा उपसभामुख डा.
  • शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ ।

काठमाडौं। प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ ।

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौ अधिवेशन शुरु हनुअघि आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सम्पन्न नेकपाको संसदीय दलको बैठकमा दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले उपसभामुख तुम्बाहाङफे राजीनामा दिनुपर्ने र संविधानअनुसार सभामुख र उपसभामुखमध्ये फरक–फरक लिङ्ग र दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गरेका थिए।
शुक्रबारकाे पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र र  शोक प्रस्तावबोहक अन्य कार्यसूचीमा प्रवेश नगर्नुले यही पुस ११ गतेका लागि तोकिएको दोस्रो बैठकमा सभामुख निर्वाचनको मिति तोकिने देखिएको छ। सभामुख निर्वाचनको मिति तोकिएर उम्मेदवारको मनोनयन हुनुपूर्व उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन पार्टीले निर्देशन दिने स्थिति हुन सक्ने नेकपाका सांसद् शेरबहादुर तामाङले बताए । सभामुखको निर्वाचन हुने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने र सभामुख चयनपछि उपसभामुखको निर्वाचनको कार्यसूची आउनेछ । सांसद् तामाङले भने उपसभामुख तुम्बाहाङफे पदमा निर्वा्चित भएपछि पार्टीको सदस्य नरहेकाले सभामुख र उपसभामुखमा फरक–फरक दलको कुरा उनको हकमा लागू नहुने तर्क गरे । संसद् बैठकबाट बाहिरिएका उपनेता नेम्वाङलाई सभामुख पदमा पुनः तपाईँको सम्भावना हो भन्ने प्रश्नमा उनले हाँस्दै ठट्यौली शैलीमा भने, ‘पत्रकारले सबै बनाइसके, त्यसमा मैले हस्ताक्षर गर्ने त होला नि !’ उपसभामुख तुम्बाहाङफेले आफ्नो अनुभव र क्षमताका आधारमा रिक्त सभामुखमा दावी रहने जनाउँदै आएकी छन् ।

सभामुख रिक्त भएको हुनाले उपसभामुख तुम्बाहाङफेले आजको अधिवेशन प्रारम्भ भएको घोषणा गरेकी थिइन् । यौन दुव्र्यवहार आरोपमा सभामुखबाट राजिनामा दिएका कृष्णबहादुर महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पूर्पक्षका लागि थुनामा छन् । सभामुख पद रिक्त हुँदा नेपालको संसदीय  इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो ।

      नेकपाका महासचिव विष्णु पौडेलका अनुसार दलको बैठकमा उपनिर्वाचनको समीक्षा, राष्ट्रिय समसामयिक राजनीति, संसद्मा पार्टीको भूमिका आदि विषयमा छलफल भएको जानकारी दिए । उनले सभामुख चयनको प्रक्रिया शुरु भएपछि उम्मेदवार चयनबारे निर्णय लिइने बताए । यही पुस २ गते सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टीबीच आगामी माघ ९ मा हुने राष्ट्रिसभाको निर्वाचनमा चुनावी तालमेल गरेकाले उपसभामुख पद राजपाका उम्मेदवारले पाउन सक्ने आँकलन गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानपछिका दुई वर्ष : चुनावसँगै कार्यान्वयनमा सार्थकता
संविधानपछिका दुई वर्ष : चुनावसँगै कार्यान्वयनमा सार्थकता
सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक
सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता
‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती
एक युवतीका कारण डाक्टरको ३० वर्षको मेहनत सखाप भयो !
एक युवतीका कारण डाक्टरको ३० वर्षको मेहनत सखाप भयो !
अफगान कारागारमा आइएसको हमला, २० जना मारिए
अफगान कारागारमा आइएसको हमला, २० जना मारिए
शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे
शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे
मानव अधिकार उल्लंघनका मुख्य कारण गरिबीः मुख्यमन्त्री राजेन्द्र राई
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत

तपाईंले छुटाउनुभयो कि?