भ्रष्टाचारीले उन्मुक्ति नपाउनेः वरिष्ठ नेता नेपाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
२७ पटक हेरिएको
Shares
भ्रष्टाचारीले उन्मुक्ति नपाउनेः वरिष्ठ नेता नेपाल

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताउनुभएको छ ।
  • विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले निर्दोष र निरअपराधी फस्न नहुने कुरामा जोड दिनुभयो ।
  • पूर्वप्रधानमन्त्री नेपालले एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा गहन अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले निर्दोष र निरअपराधी फस्न नहुने कुरामा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री नेपालले एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा गहन अध्ययन गरिरहेको जानकारी दिनुभयो । इण्डोप्याफिक रणनीतिकै एउटा अङ्ग हो कि भन्ने भ्रमलाई कार्यदलले हटाउने भन्दै उहाँले एमसिसी नेपालका लागि हित भएकाले यसलाई सरकारले स्वीकृत गर्नुपर्ने धारणा राख्नुभयो ।

वरिष्ठ नेता नेपालले हामीसँग राम्रो सम्बन्ध राख्ने मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउन खोजेको चर्चा गर्दै संयुक्त राज्य अमेरिकाले आफ्ना जिडिपीको केही अंश अल्पविकसित राष्ट्रलाई दिनु अधिकारभित्र पर्छ भन्नुभयो ।

उहाँले वैदेशिक ऋण र लगानीलाई ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बनाउने महान अभियानमा योजनाबद्ध ढङ्गले खर्च गर्नुपर्ने उल्लेख गर्दै सरकारले आफ्ना कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता नेपालले सरकारले मुलुकलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै नेपालको वातावरण प्रदूषण न्यूनीकरणमा प्राप्त हुने वैदेशिक सहयोगलाई उचित ढङ्गले खर्च गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा खैरो हेरोईन (ब्राउन सुगर) सहित ४ जना पक्राउ
झापामा खैरो हेरोईन (ब्राउन सुगर) सहित ४ जना पक्राउ
अटो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत
अटो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत
नेपाली भूमि मिच्दै भारतले बनायो चीन जोड्ने बाटो
नेपाली भूमि मिच्दै भारतले बनायो चीन जोड्ने बाटो
राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल
राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल
विभिन्न नाकाबाट भारतीयहरु नेपाल प्रवेश, प्रहरीकै सेटिङ देखियो
विभिन्न नाकाबाट भारतीयहरु नेपाल प्रवेश, प्रहरीकै सेटिङ देखियो
राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित
राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित
डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग
डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
रौतहटमा रेखालाई भव्य स्वागत
रौतहटमा रेखालाई भव्य स्वागत

तपाईंले छुटाउनुभयो कि?