आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
सारांश
- काठमाडौं, २७ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिंदैछन् ।
- उनले दुईतिहाइभन्दा बढी मत पाउने निश्चित भएको छ ।
- यसरी हेर्दा ओली नेपालको संसदीय इतिहासमा शक्तिशाली प्रधानमन्त्री हुनेछन् ।
काठमाडौं, २७ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिंदैछन् । उनले दुईतिहाइभन्दा बढी मत पाउने निश्चित भएको छ । यसरी हेर्दा ओली नेपालको संसदीय इतिहासमा शक्तिशाली प्रधानमन्त्री हुनेछन् ।
प्रतिनिधिसभाको आइतबार बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राखेपछि छलफल सहित पक्ष र विपक्षमा मतदान हुनेछ।
राष्ट्रिय मान्यता पाएका दलमध्ये नेपाली कांग्रेस मात्र प्रतिपक्षमा देखिएको छ । अन्य सबै दलले ओलीलाई मत दिने बताइसकेका छन् । राजनीतिक समीकरण अनुसार ओलीको पक्षमा २ सय ९ मत पर्ने देखिएको छ।
नेपाल मजदुर किसान पार्टीले पक्षमा मतदान गर्ने सम्भावना छ । तर, निर्णय भने गरिसकेको छैन।
२७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीको पक्षमा २१० मत खसे त्यो कुल संख्याको ७६।३६ प्रतिशत हुनेछ । नयाँ शक्ति पार्टी पनि विपक्षमा नै उभिने भएको छ । तर सो दलका एकमात्र सांसद डा। बाबुराम भट्टराई विदेश भ्रमणबाट आइतबार साँझमात्रै स्वदेश फर्कंदै भएकाले उनी मतदानमा सहभागी हुने छैनन् ।
सरकारको पक्षमा उभिएका दल
एमाले १२१
माओवादी केन्द्र ५३
राष्टिय जनता पार्टी १६
संघीय समाजवादी फोरम १६
राष्टिय जनमोर्चा १
राष्टिय प्रजातन्त्र पार्टी १
स्वतन्त्र (छक्कबहादुर लामा) १
जम्मा २०९
खुल्न बाँकी
नेपाल मजदुर किसान पार्टी १
विपक्षमा
कांग्रेस ६३,
नयाँ शक्ति १
Ram Rai
अति राम्राे।
Prabin Sharma
सफल ता काे कामन हाे सुभकानछ
Bhakta Gurung
Couress ko ruwabasi chaleko xa bhanna suninxani!!
Indu Timilshina
काम गरेर देखाउनु होला अनि हुन्छ 1/4को मत को कदर
Amrit Rai
Kehi farak parne wala chhaina
Yadab Giri
भैगो त
Hv Sunar
Nice