पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ अध्यक्ष दाहाल
सारांश
- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकने बताउनुभएको छ ।
- क्षेत्रीय होटलल सङ्घ सौराहाद्वारा आयोजित १६ औँ हात्ती महोत्सवको आज सौराहामा शुभारम्भ गर्दै उहाँले पर्यटन क्षेत्रको विकास कहिल्यै सकिदैन भन्नुभयो ।
- उहाँले भन्नुभयो, “अरु क्षेत्रको विकासको एउटा विन्दु हुन्छ तर पर्यटन क्षेत्रमा सधैँ विकासको खाँचो परिरहन्छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकने बताउनुभएको छ ।
क्षेत्रीय होटलल सङ्घ सौराहाद्वारा आयोजित १६ औँ हात्ती महोत्सवको आज सौराहामा शुभारम्भ गर्दै उहाँले पर्यटन क्षेत्रको विकास कहिल्यै सकिदैन भन्नुभयो । उहाँले भन्नुभयो, “अरु क्षेत्रको विकासको एउटा विन्दु हुन्छ तर पर्यटन क्षेत्रमा सधैँ विकासको खाँचो परिरहन्छ ।”
अध्यक्ष दाहालले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० ले अन्तरराष्ट्रिय जगत्मा नयाँ सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो “निकुञ्ज ऐन २०२९ संशोधनको प्रक्रिया अगाडि बढेको छ । नयाँ आउने ऐनले मानव, वन्यजन्तु र निकुञ्जको हित गर्नेछ ।”
हात्तीको प्रयोग मानिसमात्र नभई देवताले पनि कसरी गरेका थिए भन्ने कुरा हाम्रा शास्त्रमा धेरै लेखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो “मानवलाई वन्यजन्तुको सहयोग र वन्यजन्तुलाई मानवको सहयोग चाहिन्छ । मानव र वन्यजन्तुबीचको सुमधुर सम्बन्धमा खाडल पैदा गर्नु हुँदैन ।”
दुलहीझैँ सिङ्घारियो
महोत्सवलाई लक्षित गरी सौराहालाई ध्वजापतकाले दुलहीझैँ सिङ्घाारिएको छ । महोत्सव अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटकको भीड लागेको छ । महोत्सवअन्तर्गत स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती द्रुत हिडाई, हात्तीका छावाबीचमा रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिता आयोजना हुनेछन् ।
हात्तीको द्रुत हिडाईमा ३० वटा हात्ती सहभागी हुनेछन् । यस्तै हात्ती पोलो र हात्तीको छावाको फुटबल प्रतियोगितामा समान चार टोली सहभागी हुने खेल संयोजक अञ्जान पाण्डेले जानकारी दिनुभयो । हात्ती सुन्दरी प्रतियोगितामा पाँच टोली सहभागी हुने बताइएको छ ।
महोत्सवमा यसपटक राष्ट्रियस्तरको महिला भलिबल खेल समावेश गरिएको छ । बामाघमारा मध्यवर्ती सामुदायिक वनमा शुक्रबारदेखि शुरु हुने महोत्सव यही पुस १८ गतेसम्म जारी रहने छ ।
प्रतिक्रिया