प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
३५ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

सारांश

  • काठमाडौं।
  • संसद प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित भएको छ।
  • शुक्रबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।

काठमाडौं। संसद प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित भएको छ। शुक्रबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो । संघीय संसद सचिवालले प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले पुस १६ गते १ बजे सम्मका लागि स्थगित भएको व्यहोराको सूचना टाँसेको छ।

सूचनामा भनिएको छ “आज मिति २०७६ साल पुस ११ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणबश बस्न नसक्ने भएकाले नेपालको संविधनको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने मानीनय उपसभामुख ज्यूले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक मिति २०७६ साल पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ”

शुक्रबारको बैठकका लागि संभावित कार्यक्रम पनि सार्वजनिक भइसकेको थियो। बैठकको संभावित कार्यसूचीको पहिलो नम्बरमा नै ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनको लागि दिन निर्धारण गर्नुहुने भन्ने’ भन्ने उल्लेख थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?