साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०८०
|
|
२८ पटक हेरिएको
Shares
साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन

सारांश

  • काठमाडौं।
  • साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ ।
  • साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई देशभरि पक्राउ गर्न क्षेत्रीय अभियानहरू सञ्चालन भइरहेको बताएका छन् ।

काठमाडौं। साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई देशभरि पक्राउ गर्न क्षेत्रीय अभियानहरू सञ्चालन भइरहेको बताएका छन् । उनले साउदी सीमा सुरक्षा नियम उल्लंघन गर्नेलाई ३० महिनासम्म जेल र २५ हजार साउदी रियालसम्म जरिमाना हुनसक्ने बताए ।

यसैबीच, साउदी गृह मन्त्रालयले जनवरीको अन्तिम सातामा राज्यको रेसिडेन्सी, श्रम र सीमा सुरक्षा कानुनको उल्लंघन गर्ने १७ हजार ८ सय ९६ जनालाई अभियानले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा आवास नियम उल्लंघन गर्ने १० हजार ८ सय ७४, सीमा सुरक्षा कानुन उल्लंघन गर्ने ४ हजार १ सय २३ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ८ सय ९९ विदेशी रहेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

अहिले ५ हजार २ सय ४१ महिलासहित ५६ हजार ६ सय ८६ जना अवैध रहेको भन्दै कानुनी कारबाहीमा परेका छन् । अन्य ४९ हजार ७ सय २१ जनालाई निर्वासनअघि यात्रा कागजातहरू प्राप्त गर्न सम्बन्धित कूटनीतिक नियोगहरूमा पठाएको जनाइएको छ ।

सोही अवधिमा राज्यको रेसिडेन्सी, सिमाना र कामको नियम उल्लंघन गर्नेलाई ओसारपसार गर्ने तथा आश्रय र रोजगारीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ परेका छन् ।

साउदी गृह मन्त्रालयले बारम्बार चेतावनी दिँदै राज्यमा घुसपैठ गर्नेहरूलाई प्रवेश गराउन वा उनीहरूलाई यातायात, आश्रय वा कुनै किसिमको सहयोग उपलब्ध गराउनेलाई बढीमा १५ वर्षको जेल सजाय र १० लाख रियालसम्म जरिमाना हुने जनाएको छ । मन्त्रालयले घुसपैठकर्ताहरूसँगको सहकार्यलाई गिरफ्तारीको वारेन्ट जारी गर्ने तथा यस्तो कार्यलाई ठूलो अपराध भएको भन्दै यसलाई अपमानजनक कार्य र विश्वास तोडेको आरोप मानिने जनाएको छ ।

साउदी अधिकारीहरूले अनियमित प्रवासीहरूलाई लक्षित गर्दै ‘उल्लंघन नगर्ने देश’ भनिने उच्च प्रोफाइल राष्ट्रव्यापी अभियान चलाउँदै छन् । पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बसेका नेपालीसहित अन्य मुलुकका आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेको र हाल उनीहरूलाई जेलमा राखिएको छ । जेल अवधि समाप्त भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी त्यहाँको सरकाले डिपोर्ट गर्ने गरेको छ ।

निजी क्षेत्रका काम गर्नेको संख्यामा ११ मिलियन

नेसनल लेबर अब्जरभेटरी (एनएलओ)को पछिल्लो प्रतिवेदनअनुसार जनवरी महिनामा निजी क्षेत्रका कामदारहरूको कुल संख्या एक ऐतिहासिक आँकडा रेकर्ड गरी लगभग ११ दशमलव ५४ मिलियन पुगेको जनाएको छ ।

यसको विपरीत निजी क्षेत्रमा काम गर्ने कुल वैदेशिक रोजगारीको संख्या ८ दशमलव ७२ मिलियन पुगेको छ, जसमा ८३ लाख ८६ हजार पुरुष र ३३ हजार ९ सय ७९ महिला छन् । प्रतिवेदनले जनवरी महिनाका लागि नागरिकको रोजगारीमा नेट वृद्धिको समीक्षा गरेको छ, किनकि ३२ हजार ४ सय ४७ नागरिक पहिलोपटक निजी क्षेत्रमा प्रवेश गरेका छन् ।

यो रेकर्ड हासिल गर्नुमा धेरै कारक तत्वहरू रहेका छन् । विशेषगरी, मानव संसाधन र सामाजिक विकास प्रणालीको पहल, रोजगारी सिर्जना र निजी क्षेत्रको समृद्धि, आर्थिक सुधार र सरकारी सहयोगका रहेको छ ।

साउदीमा राष्ट्रिय श्रम पर्यवेक्षकले रिपोर्ट तयार गर्ने र प्रकाशन गर्ने काम गर्छ । जसले ‘निजी क्षेत्रमा साउदी श्रम बजारको अवलोकन’ प्रकाशनसहित सूचकहरू र तथ्यांकहरूको आवधिक विश्लेषणको समीक्षा गर्छ, जुन मासिक रूपमा प्रकाशित हुन्छ । एनएलओ श्रम बजार तथ्यांकको मुख्य र भरपर्दो स्रोतका रूपमा सन् २०१० मा शाही आदेशद्वारा स्थापना गरिएको राष्ट्रिय पर्यवेक्षक संस्था हो ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !
यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !
बम पड्काउने सूचना अघि नै प्रहरीलाई आएको रहेछ !
बम पड्काउने सूचना अघि नै प्रहरीलाई आएको रहेछ !
खुमबहादुर खड्काको स्वास्थ्य स्थिर, डा. शशाङ्क दिल्लीमा, विभिन्न जिल्लामा पूजाअर्चना
खुमबहादुर खड्काको स्वास्थ्य स्थिर, डा. शशाङ्क दिल्लीमा, विभिन्न जिल्लामा पूजाअर्चना
कृषि मन्त्रालयका दुई उपसचिवसहित १३ अधिकृत बेपत्ता
कृषि मन्त्रालयका दुई उपसचिवसहित १३ अधिकृत बेपत्ता
चुनाव सरे पनि आन्दोलन रोकिएन…
चुनाव सरे पनि आन्दोलन रोकिएन…
एकदमै खराब ब्याटिङका कारण ओमनसँग नराम्रोसँग हार्यो नेपाल
एकदमै खराब ब्याटिङका कारण ओमनसँग नराम्रोसँग हार्यो नेपाल
आफ्नै छोरीलाई बलात्कार गर्न खोज्दा नसकेपछि मारिदिए, लाश २ टुक्रा पारेर फाले
आफ्नै छोरीलाई बलात्कार गर्न खोज्दा नसकेपछि मारिदिए, लाश २ टुक्रा पारेर फाले
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
याैन सम्बन्ध राख्ने क्रममा पुरुषले ज्यान गुमाएपछि !
याैन सम्बन्ध राख्ने क्रममा पुरुषले ज्यान गुमाएपछि !
विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने
विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने

तपाईंले छुटाउनुभयो कि?