कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो

सारांश

  • काठमाडौं, असार ३० ।
  • नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको आज अन्त्येष्टि गरिएको छ ।
  • दम तथा निमोनियाबाट पीडित ९२ वर्षीय जोशीको उपचारका क्रममा विहीबार साँझ काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको थियो ।

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको आज अन्त्येष्टि गरिएको छ ।

दम तथा निमोनियाबाट पीडित ९२ वर्षीय जोशीको उपचारका क्रममा विहीबार साँझ काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको थियो ।

उनको शव आज बिहान पार्टी कार्यालय सानेपामा राखेर श्रद्धाञ्जली दिएपछि पशुपति आर्यघाटमा पु¥याएर अन्त्येष्टि गरिएको हो ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाएर जोशीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

श्रद्धाञ्जलीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुको ठूलो भीड लागेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?