स्थानीय तह निर्वाचन अपडेट : २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
२५ पटक हेरिएको
Shares
स्थानीय तह निर्वाचन अपडेट : २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी

सारांश

  • काठमाडौं।
  • गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ।
  • निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा पालिकामध्ये ८ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमाले, ७ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेस, ३ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र २ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका छन्।

काठमाडौं। गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा पालिकामध्ये ८ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमाले, ७ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेस, ३ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र २ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका छन्।

हाल मतगणना भएका स्थानहरुमध्ये पालिका अध्यक्ष तथा प्रमुखमा २६६ स्थानमा नेपाली कांग्रेस, १८३ स्थानमा नेकपा एमाले, १०९ स्थानमा माओवादी केन्द्र, १२ स्थानमा एकीकृत समाजवादी, २६ स्थानमा जनता समाजवादी पार्टी नेपाल, ६ स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र २७ स्थानमा पार्टी तथा स्वतन्त्र उम्मेदावरको अग्रता रहेको छ।

यस्तै, उपप्रमुख÷उपाध्यक्षको मतगणना सकिएका २० स्थानमध्ये ८ वटामा नेपाली कांग्रेस, ७ स्थानमा नेकपा एमाले, २ स्थानमा माओवादी केन्द्र, २ स्थानमा एकीकृत समाजवादी र एक स्थानमा अन्य उम्मेदवार विजयी बनेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?