बाबुराम छोडेर प्रचण्ड तिर करिष्मा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १७, २०७६
|
|
१८ पटक हेरिएको
Shares
बाबुराम छोडेर प्रचण्ड तिर करिष्मा !

सारांश

  • हालै एसइइ उतिर्ण गरेर चर्चामा आएकी सदाबहार अभिनेत्री तथा तत्कालिन नयाँ शक्ति, पार्टी नेपालकी केन्द्रिय सदस्य करिश्मा मानन्धरले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् ।
  • बाबुराम भट्टराईसँग राजनीतिक सम्बन्ध अन्त्य गरेकी करिश्माले अन्ततः बाबुरामकै पूराना सहयात्री प्रचण्डसँग सम्बन्ध विस्तार गरेकी छिन् ।
  • नयाँ शक्तिमा सुरुवातदेखि नै लागेकी करिश्माको राजनीतिक मोह त्यतिवेला भंग भयो, जतिवेला उनले नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकता भएर गठन भएको नयाँ पार्टी समाजवादी पार्टी, नेपालमा कुनै भूमिका पाईनन् ।

हालै एसइइ उतिर्ण गरेर चर्चामा आएकी सदाबहार अभिनेत्री तथा तत्कालिन नयाँ शक्ति, पार्टी नेपालकी केन्द्रिय सदस्य करिश्मा मानन्धरले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । बाबुराम भट्टराईसँग राजनीतिक सम्बन्ध अन्त्य गरेकी करिश्माले अन्ततः बाबुरामकै पूराना सहयात्री प्रचण्डसँग सम्बन्ध विस्तार गरेकी छिन् ।

नयाँ शक्तिमा सुरुवातदेखि नै लागेकी करिश्माको राजनीतिक मोह त्यतिवेला भंग भयो, जतिवेला उनले नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकता भएर गठन भएको नयाँ पार्टी समाजवादी पार्टी, नेपालमा कुनै भूमिका पाईनन् । बाबुरामले पनि करिश्मालाई जिम्मेवारी दिलाउन मरिहत्ते गरेनन । त्यही भएर मानन्धर बाबुरामसँग चिढिएको कुरापनि बाहिर आएको थियो ।

तर, बाबुरामले भने करिश्माले साथ छोडेकोमा कुनै पछुतो मानेका छैनन । बरु, खुशी नै व्यक्त गरेका छन् । हालैमात्रै एसईई उत्तिर्ण भएकी नायिका करिश्माको धोको भनेको मास्टर्सदेखि पिएचडी गर्नेसम्मको रहेको छ । उनी पूनः राजनीतिमा सक्रिय हुनेछिन । प्रचण्डसँगको भेटवार्तापछि करिश्मा नेकपामा प्रवेश गर्ने निश्चित प्रायः भएको स्रोतको दाबी छ ।

काठमाडौँमा बिजुली बस चल्यो
प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालि बीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको छ । सोमबार एक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् ।

ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?