आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

सारांश

  • काठमाडौं, असार ३० – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
  •  अख्तियारले मुद्दा दायर गर्ने तयारी सहित शर्मालाई  बिहीबार नै विशेष अदालतमा उपस्थित गराएको भए पनि फाइल रुजु गर्न नभ्याएपछि शक्रबार मात्र मुद्दा दायर गरिएको हो ।
  • कर फछ्र्योट आयोगमा रहँदा शर्मा तथा आयोगका सदस्यहरु लुम्बध्वज महत र उमेश ढकालले झण्डै ११ अर्ब रुपैयाँ राज्यलाई घाटा पु¥याएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

काठमाडौं, असार ३० – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियारले मुद्दा दायर गर्ने तयारी सहित शर्मालाई  बिहीबार नै विशेष अदालतमा उपस्थित गराएको भए पनि फाइल रुजु गर्न नभ्याएपछि शक्रबार मात्र मुद्दा दायर गरिएको हो ।

कर फछ्र्योट आयोगमा रहँदा शर्मा तथा आयोगका सदस्यहरु लुम्बध्वज महत र उमेश ढकालले झण्डै ११ अर्ब रुपैयाँ राज्यलाई घाटा पु¥याएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

अहिलेसम्म अध्ययन गरेका ४५ वटा फाइलबाट १० अर्ब ९७ करोड रुपैयाँ अनियमितता गरेको देखिएको अख्तियारले दाबी गरेको छ । तीनै जनालाई बिगो र जरिवाना गरी ३३ अर्ब रुपैयाँ माग दाबी गरेको अख्तियारले जनाएको छ ।

यसैबिच शर्मालाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा भने हेर्दा हेर्दैमा रोकिएको छ । न्यायाधीशहरु चोलेन्द्र शमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासमा परेको मुद्दामा आइबार पनि सुनुवाई हुनेछ ।

आफ्ना पतिलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । यसअघि सर्वोच्च अदालतले शर्मालाई अदालतमा उपस्थित गराउन र हिरासतमा राख्नुको कारण पेश गर्न भनेको थियो । जस अनुसार शर्मालाई बिहान सर्वोच्चमा पनि लगिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?