के माओवादी छोडेर एमालेमा आउलान त टोपबहादुर ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ८, २०७३
|
|
१९४ पटक हेरिएको
Shares
के माओवादी छोडेर एमालेमा आउलान त टोपबहादुर ?

सारांश

  • काठमाडौं, ८ मंसिर ।
  • पूर्वउपप्रधानमन्त्री एवम् माओवादीका नेता टोपबहादुर रायमाझी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग अन्तिम युद्ध लड्ने तयारीमा रहेको बुझिएको छ ।
  • माओवादी पार्टीमा कुनै समय बाबुराम भट्टराईका अत्यन्त निकटस्थ मानिने रायमाझी भट्टराई पार्टीबाट बाहिरिएपछि उनको चर्को आलोचक भूमिका देखा परेका थिए ।

काठमाडौं, ८ मंसिर । पूर्वउपप्रधानमन्त्री एवम् माओवादीका नेता टोपबहादुर रायमाझी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग अन्तिम युद्ध लड्ने तयारीमा रहेको बुझिएको छ ।
माओवादी पार्टीमा कुनै समय बाबुराम भट्टराईका अत्यन्त निकटस्थ मानिने रायमाझी भट्टराई पार्टीबाट बाहिरिएपछि उनको चर्को आलोचक भूमिका देखा परेका थिए । अहिले मधेसी मोर्चाको माग सम्बोधन गर्ने क्रममा प्रचण्डले बनाएको धारणाबाट उनी ‘आगो’ भएका छन् ।
सकेसम्म प्रचण्डसँग लडेर पार्टीलाई सही ठाउँमा ल्याउने, नभए प्रचण्डबाट अलग हुने मानसिकता रामाझीले बनाएका छन् । आक्रामक र राष्ट्रवादी चरित्रका टोपबहादुर रायमाझीले प्रचण्डलाई छोड्नुपर्ने अवस्था आएमा उनी बाबुराम भट्टराई नेतृत्वको समूहमा सामेल हुने अनुमान धेरैले गर्न सक्छन्, तर रायमाझी अब बाबुरामलाई कुनै हालतमा पनि नेता अस्वीकार गर्ने मानसिकतामा छन् ।
उनी नयाँ दल खोलेर ‘खुद्रे पसल’ सञ्चालन गर्ने सोचमा पनि नरहेको बताइन्छ । प्रचण्डलाई छाडेपछि रायमाझीले के गर्लान् भन्ने निष्कर्षमा अहिले नै पुग्ने बेला भइसकेको छैन । तर, उनी नेकपा एमालेमा सामेल हुने अनुमान भने गर्न सकिन्छ ।
घटना र विचार साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?