आज इकोनमिक समिट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
३१ पटक हेरिएको
Shares
आज इकोनमिक समिट

सारांश

  • काठमाडौँ, २४ पुस ।
  • दिगो आर्थिक विकासका लागि आगामी कार्य्दिशा पहिल्याउने उद्देश्यले ‘कान्तिपुर इकोनमिक समिट–२०२०’ आज बिहीबार आयोजना हुँदै छ ।
  • काठमाडौंको सोल्टी क्राउन प्लाजामा बिहान साढे १० देखि साँझ साढे ५ बजेसम्म आयोजना हुने समिटमा नेपाली अर्थतन्त्रसँग जोडिएका विभिन्न चार विषयमाथि वक्ताहरूले आफ्ना धारणा राख्नेछन् ।

काठमाडौँ, २४ पुस । दिगो आर्थिक विकासका लागि आगामी कार्य्दिशा पहिल्याउने उद्देश्यले ‘कान्तिपुर इकोनमिक समिट–२०२०’ आज बिहीबार आयोजना हुँदै छ । काठमाडौंको सोल्टी क्राउन प्लाजामा बिहान साढे १० देखि साँझ साढे ५ बजेसम्म आयोजना हुने समिटमा नेपाली अर्थतन्त्रसँग जोडिएका विभिन्न चार विषयमाथि वक्ताहरूले आफ्ना धारणा राख्नेछन् ।

उद्योगी, व्यवसायी, विज्ञ, सरकारी अधिकारी र राजनीतिज्ञहरूको सहभागिता रहने समिटमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं योजनाविद् पीताम्बर शर्माले मुख्य वक्ताका रूपमा नेपाली आर्थिक विकासका सम्भावना, चुनौती र यथार्थको सेरोफेरोमा रहेर सम्बोधन गर्नेछन् । पहिलो सत्रमा पूर्वाधार विकाससम्बन्धी मुद्दामाथि छलफल गरिनेछ । पूर्वाधार विकासको विद्यमान अवस्था, यसमा हुने ढिलाइ, ठूला परियोजना निर्माणमा देखापरेका अप्ठ्यारा, लगानीका सम्भाव्य स्रोतलगायत विषयमा चर्चा हुनेछ । उक्त सत्रमा योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, पूर्वअर्थसचिव रामेश्वर खनाल र उद्योग सचिव यामकुमारी खतिवडाले भाग लिने तय भएको छ ।

‘निजी क्षेत्रको मनोबल’ शीर्षकको दोस्रो सत्रमा निजी क्षेत्रले भोगिरहेका समस्या र सरकारको भूमिकाका सम्बन्धमा छलफल हुनेछ । त्यसमा पूर्वअर्थमन्त्री तथा सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेल, उद्योगी एवं सांसद विनोद चौधरी, राजस्व सचिव शिशिर ढुंगाना र नेपाल–भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सिर्जना राणा सहभागी हुनेछन् ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ
दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ
अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित
अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नवीनतम उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा
नवीनतम उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा
रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट
रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट
दक्ष २ प्रतिशत मात्र वैदेशिक रोजगारीमा
दक्ष २ प्रतिशत मात्र वैदेशिक रोजगारीमा
जहाज लिन गएको टोली वाईन पिएर फर्कियो !
जहाज लिन गएको टोली वाईन पिएर फर्कियो !
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीमा २५ सदस्यीय पदाधिकारी, को के पदमा ?
बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीमा २५ सदस्यीय पदाधिकारी, को के पदमा ?

तपाईंले छुटाउनुभयो कि?