इन्टरनेटमा बढाइएको मूल्य फिर्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
४९ पटक हेरिएको
Shares
इन्टरनेटमा बढाइएको मूल्य फिर्ता

सारांश

  • काठमाडौँ, १० साउन ।
  • इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिले साउन १ गतेखि इन्टरनेटमा बढाइएको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ ।
  • बिहीबार बसेको समितिको बैठकमा इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने सञ्चार मन्त्रालयको आयोजना अनुसार मूल्य समायोजन गर्ने सहमति भएको हो ।

काठमाडौँ, १० साउन । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिले साउन १ गतेखि इन्टरनेटमा बढाइएको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकमा इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने सञ्चार मन्त्रालयको आयोजना अनुसार मूल्य समायोजन गर्ने सहमति भएको हो । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएका थिए ।

समितिको बिहिबारको बैठकले अब असार मसान्तसम्म भएको बिलिङमा एक रुपैयाँ पनि थप नगर्ने गरी सहमति गरेको छ । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली आफैले अग्रसरता लिएर मन्त्री बाँस्कोटालाई इन्टरनेटको मूल्य बढाउने काम जनहितमा नभएको भन्दै फिर्ता लिन लगाउन निर्देशन दिएका थिए ।

मन्त्री बाँस्कोटाले लगत्तै सेवा प्रदायकसँग छलफल गरी बढाइएको शुल्क घटाउने समयसीमा तोकेका थिए । सरकारले इन्टरनेट सेवा प्रदायकले विदशेबाट ल्याउने इन्टरनेट ब्याण्डविथ सस्तो हुँदा पनि सरकारले कर बढाएको तर्क गरेर उपभोक्तामाथि कर थोपर्नु वैज्ञानिक नहुने बताएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७० लाख भेनेजुएली नागरिकले देश छाडे
७० लाख भेनेजुएली नागरिकले देश छाडे
आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम
आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम
रामकुमारी झाँक्रीले भनिन्-पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन
रामकुमारी झाँक्रीले भनिन्-पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
प्रचण्डले भने, ‘२/४ वर्ष क्रान्तिकारी त बन्न सकिएला तर जीवनभर कम्युनिष्ट बन्न सारै गाह्रो’
प्रचण्डले भने, ‘२/४ वर्ष क्रान्तिकारी त बन्न सकिएला तर जीवनभर कम्युनिष्ट बन्न सारै गाह्रो’
भक्तपुरमा डेङ्गुको उच्च जोखिम
भक्तपुरमा डेङ्गुको उच्च जोखिम
लिवियाको राजधानी विद्रोहीले कब्जामा, नेपाली शान्ति सैनिक सुरक्षित
लिवियाको राजधानी विद्रोहीले कब्जामा, नेपाली शान्ति सैनिक सुरक्षित
डीपीएल– २ का लागि काठमाडौं गोल्डन्सबाट दुई विदेशी खेलाडी
डीपीएल– २ का लागि काठमाडौं गोल्डन्सबाट दुई विदेशी खेलाडी
टीकाको साइत ११ बजेर २ मिनेटमा
टीकाको साइत ११ बजेर २ मिनेटमा
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)