जहाज लिन गएको टोली वाईन पिएर फर्कियो !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
३१ पटक हेरिएको
Shares
जहाज लिन गएको टोली वाईन पिएर फर्कियो !

सारांश

  • काठमाडौं, २ जेठ ।
  • वाईड बडी विमान उत्पादनको निरीक्षण गर्न फ्रान्स पुगेको नेपाल वायु सेवा निगमको उच्चस्तरीय टोली स्थानीय तुज्लुस्थित भाइनयार्डमा बनेको  ड्राफ्ट वाईन पिएर स्वदेश फर्किएको छ।
  • एअरबस ३३०–२०० सेरिजको बाइड बडी विमान उत्पादन निरीक्षण गर्न गएको महाप्रवन्धक सुगतरत्न कंसाकारको नेतृत्वमा गएको उच्चस्तरीय टोली विना उपलव्धि हिस्स परेर फर्किएको बुझिएको छ।

काठमाडौं, २ जेठ । वाईड बडी विमान उत्पादनको निरीक्षण गर्न फ्रान्स पुगेको नेपाल वायु सेवा निगमको उच्चस्तरीय टोली स्थानीय तुज्लुस्थित भाइनयार्डमा बनेको  ड्राफ्ट वाईन पिएर स्वदेश फर्किएको छ।

एअरबस ३३०–२०० सेरिजको बाइड बडी विमान उत्पादन निरीक्षण गर्न गएको महाप्रवन्धक सुगतरत्न कंसाकारको नेतृत्वमा गएको उच्चस्तरीय टोली विना उपलव्धि हिस्स परेर फर्किएको बुझिएको छ।

फ्रान्सको तुजलु शहरस्थित एअर बसको हेडक्वाटर पुगेको निगमको टोली विमान उत्पादक संस्थाका प्रतिनिधिले काठमाडौंमा भैरहेको विवाद र आर्थिक पारदर्शिताका बिषयमा निकै चासो राख्दा स्पष्ट जवाफ दिननसकेर खाली हात फर्किएको निगम निकट सूत्रले बताएको छ।

निगम सम्बध्द समाचार सूत्रका अनुसार,निगमले पोर्चुगलको हाई फ्लाई एरोस्पेसको अर्डरबाट पाउने भनिएको निर्माणाधीन विमानको निरीक्षण गर्न गएको टोली र निगमलाई विमान बेच्ने हाइफ्लाई एरोस्पेस,जर्मन एभिएस क्यापिटल, हाइफ्लाई एक्स आयरल्याण्ड र अमेरिकाको एएआर इन्टरनेशनल इन्क र निर्माता एअर बसका प्रतिनिधिहरुको संयुक्त बैठकमा निगमका सञ्चालकहरुले विमानको मूल्य र खरिद प्रक्रियाका बारेमा नेपालमा धेरै विवाद भैरहेकाले मिलेसम्म मूल्य र संझौताका विषयहरु पारदर्शी ढंगले सार्वजनिक गर्न सुझाव दिएका थिए।

निगमको सर्वोच्च निकाय मानिएको सञ्चालक समितिकै सदस्यहरुबाट मूल्य र संझौताका कतिपय बूँदाहरु स्पष्ट नभएको सत्य सार्वजनिक भएपछि निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार कालो निलो भएका सूत्रले  बतायो।

८ अर्ब अत्तोपत्तो छैन

निगमका सञ्चालकहरुले निगमले झण्डै एक बर्ष अगाडि पठाएको ८ अर्ब नेपाली रुपैयाँ एअरबसले पाएको नपाएको र पाएको भए कति पाएको हो त्यो पनि स्पष्ट पार्न आवश्यक भएको बताएका थिए।

निगमका जिम्मेवार पदाधिकारीहरुले आफूलाई चाहिने दुई थान ३३०–२०० सेरिजका फराकिला आकारका विमान सिधै एअरबसबाट खरिद गर्ने सहजमार्ग अवलम्बन नगरेर अधिक मूल्य र खरिदको कमिशन खानको लागि जर्मनीको नर्टन फूल बाईट एएलएलपीलाई एस्क्रो एजेण्ट नियुक्त गरी आफूले पठाउने रकम उसको खातामा पठाउने र विमान खरिदमा तिर्नुपर्ने वास्तविक रकम सो खाताबाट एअरबसको खातामा पठाएर उब्रेको रकम भागवण्डा गर्ने तारतम्य मिलाएको बुझिएको छ।

निगमले एएआर इन्टरनेशनल इन्क, जर्मन एभियसन क्यापिटल, हाई फ्लाई एरोस्पेस पोर्चुगल र हाइफ्लाई एक्स आयरल्याण्डसँग गरेको खरिदबिक्री सम्झौतामा खरिद गरिने जहाजको एअरफ्रेमको मूल्य प्रतिविमान ९२ मिलियन उल्लेख भएको छ भने इञ्जिन र अन्य सामानको मूल्य सहित विमानको मूल्य १०४ मिलियन डलरदेखि १०९ मिलियन डलर पर्ने उल्लेख छ।सरल पत्रिकाका अनुसार निगमको अर्थ विभागले केही समय पहिले पैसा पठाउनका लागि स्थानीय वाणिज्य बैंकहरुसँग मागेको कोटेशनमा भने दुई विमानका लागि २४ अर्ब पठाउने उल्लेख गरेर प्रति विमानको मूल्य ११२ मिलियन डलर पुग्ने रहस्योद्घाटन गरेको थियो।

हालसम्म भएका काममा नै प्रश्न उठेपछि अगाडिको बाटोका सन्दर्भमा थप कुरा हुने अवस्था सिर्जना भएन। सञ्चालकहरुसँग मतभेद भएपछि सँगै फर्कने रहर मारेर महाप्रबन्धक सुगतरत्न कंसाकार एक्लै फर्किएका थिए।

निगमका प्राविधिकहरुका अनुसार उच्च व्यवस्थापकहरु सम्मिलित प्रतिनिधि मण्डलले जहाजको प्राविधिक परीक्षण समेत गरी आफ्ना लागि जडान गरिनुपर्ने विशेष पार्टपूर्जा र यात्रु सुविधाका सामानको बारेमा समेत अर्डर लिने र दिने काम गर्नुपर्ने थियो।

पोर्चुगलको हाइफ्लाई एअरले यही निर्माणाधीन विमान नै दिन्छु भनेर पनि हालसम्म नभनेको समाचार सूत्रले बताएको छ।

विमानको मूल्य,विमानको तौल, विमानको इञ्जिन र अन्य पार्टपूर्जाको विषयमा अहिले निकै आशंका उब्जिएको छ।

निगम व्यवस्थापनले निगमका जहाज खरिदबिक्री सम्झौताका गोप्य कागजातहरु सार्वजनिक भएको विषयमा आन्तरिक छानविन पनि थालेको बताइन्छ। कमीशन एजेण्टसँगको साँठगाँठ खुल्दै जान थालेपछि आत्तिएका कंसाकारले आफ्ना आलोचक कर्मचारीमाथि निगरानी गर्न जासूसी सन्यन्त्र नै परिचालन गरेको बुझिएकोछ।

तर गत बर्ष जहाज खरिद सम्झौता हुने वित्तिकै यसमा धेरैकुरा निगमको हितमा नभएको र सार्वजनिक खरिद ऐन, निगमको आर्थिक नियमावली, र टेण्डरको लागि स्वीकृत गरिएको आरएफपीको प्रावधानहरु उल्लंघन गरी २४ अर्बको जहाज ल्याउन लागिएको घट्ना सार्वजनिक हुने वित्तिकै टेण्डरमा सहभागी अन्य प्रतिस्पर्धीहरुले संसदको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ऊजुरी हालेका थिए।

लेखा समितिले खरिदविक्रीसँग सम्बन्धित झण्डै एक कार्टून कागजात झिकाइसकेको छ। बीचमा चुनाव आएकोले तात्कालिन लेखा समितिका सदस्यहरुले चुनाव खर्च बटुलेर यसमा संलग्न पदाधिकारीलाई छानविन नगरिने ढाड्स दिएको सूत्रको भनाई छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मनाईंदै
तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मनाईंदै
एक बेश्याका लागि जंगबहादुर राणाको एक रातको खर्च अढाई लाख पाउण्ड
एक बेश्याका लागि जंगबहादुर राणाको एक रातको खर्च अढाई लाख पाउण्ड
देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका ¬राष्ट्रपति मदुरोको चेतावनी
देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका ¬राष्ट्रपति मदुरोको चेतावनी
मार्चमा करिब एक लाख पर्यटक भित्रिए
मार्चमा करिब एक लाख पर्यटक भित्रिए
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण जरुरी : सभामुख घर्ती
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण जरुरी : सभामुख घर्ती
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
नेपाल मेरो घर भन्दै आए उदित नारायण पुत्र आदित्य
नेपाल मेरो घर भन्दै आए उदित नारायण पुत्र आदित्य
ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
कर्मचारी र दलका प्रतिनिधी नआउँदा काभ्रेमा अझै मतगणना हुन सकेन
कर्मचारी र दलका प्रतिनिधी नआउँदा काभ्रेमा अझै मतगणना हुन सकेन

तपाईंले छुटाउनुभयो कि?